२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वाधिक पुरस्कार राशीको स्नुकर हुँदै



अ+ अ-

काठमाडौं । बौद्धनाथ डेभलोप्मेन्ट कमिटी र बुद्ध तामाङ कल्याण गुठीको आयोजनामा प्रथम चक्र लामा/किसन लामा स्मृति राष्ट्रव्यापी स्कुनर प्रतियोगिता माघ २८ गतदेखि हुने भएको छ ।

नेपाली स्नुकरमा खेलाडी सहभागिताको संख्या र नगद पुरस्कारका हिसाबले यो अहिलेसम्मकै ठूलो प्रतियोगिता भएको आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक राजन लामाले जानकारी गराए । प्रतियोगितामा विभिन्न ५० जिल्लाबाट २ सय ५६ खेलाडीको सहभागिता रहने जानकारी दिइयो ।

प्रतियोगितामा सर्वाधिक १ सय ४७ अंक ब्रेक गर्नेलाई १० लाख नगद पुरस्कार प्रदान गरिने छ । सेन्चुरी ब्रेककर्तालाई २ लाख १ हजार तथा सर्वाधिक ब्रेककर्तालाई २१ हजार ५ सय नगद पुरस्कार दिइने छ । उत्कृष्ट खेलाडीले ११ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् ।

विजेताले २ लाख ११ हजार ५ सय तथा उपविजेताले ९० हजार नगद पुरस्कार पाउने छन् । तेश्रो हुने दुई खेलाडीले ३० हजार तथा क्वाटरफाइनलिस्ट चार जनालाई जनही १० हजार ५ सय नगदबाट पुरस्कृत गरिने छ । प्रिक्वाटरफाइनलिस्टलाई  गिफ्ट ह्याम्पर स्वरुप किउ र किउ बक्स प्रदान गरिने छ ।
त्यस्तै उदीयमान खेलाडी तथा अनुशासित खेलाडीलाई ११ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता सञ्चालन गर्न करिब ३२ लाख ५ सय खर्च हुने संयोजक लामाले बताए ।

प्रतियोगितामा नेपाल बिलियर्ड, स्नुकर तथा पुल संघको प्राविधिक सहयोग रहने संघका अध्यक्ष समेत रहेका चारपटकका स्नुकर राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मीले जानकारी दिए । प्रिक्वाटरफाइनल बेस्ट अफ नाइन, क्वाटरफाइनल बेस्ट अफ ११, सेमिफाइनल बेस्ट अफ १३ र फाइनल बेस्ट अफ १५ का आधारमा खेलाइने छ । त्यसअघिका खेलहरु बेस्ट अफ ५ का आधारमा हुने छ । प्रतियोगिताबाट खेलाडीको वरीयता पनि निर्धारण गरिने अध्यक्ष मुल्मीले बताए ।

फागुन २२ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु बौद्धस्थित अजिमा स्नुकर हाउसमा खेलाइने छ । चक्र स्नुकरका पूर्व च्याम्पियन तथा किसन स्नुकर प्रेमीका साथै र स्नुकरका सहयोगी थिए ।