१८ भाद्र २०८३, बिहीबार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिबी राईको पासपोर्ट रोक्न राहदानी विभागमा प्रहरीको पत्राचार



अ+ अ-

काठमाडौँ । प्रहरीले सहकारीको अर्बौं रकम घोटालामा फरार रहेका जिबी राईको राहदानी रोक्का गर्न राहदानी विभागमा पत्राचार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले राईको राहदानी रोक्का गर्नका लागि आइतबार पत्र लेखेर विभागमा पठाएको हो ।

फरार रहेका राईको राहदानीलाई ‘कालोसूची’ मै राखिएको छ । राईविरूद्ध इन्टरपोलमार्फत् डिफ्युजन नोटिस जारी समेत भएको छ । तर, उनी अझै पक्राउ पर्न सकेका छैनन् ।

उनलाई पक्राउ गर्न कूटनीतिक तवरबाट पनि प्रयास भइरहेको सरकारको दाबी छ ।

प्रहरी प्रमुख आइजिपी बसन्त कुँवरले राई मलेसियामा रहेको बताएपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मलेसियाका गृहमन्त्रीसँग फोनमा राईबारे कुराकानी समेत गरेका थिए ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका उनी ग्यालेक्सी फोरके टिभीका सञ्चालक समेत थिए ।




भर्खरै