२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुजरातका लागि वर्षा बन्यो घातक, प्लेअफबाट बाहिरियो



अ+ अ-

काठमाडौँ । आईपीएल–२०२४ मा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । योसँगै गुजरातको टोली चालू सिजनको प्लेअफको दौडबाट बाहिरिएको छ । उता, कोलकाताको टप–२ मा स्थान पक्का भएको छ ।

अहमदाबादमा सोमबार साँझदेखि रातिसम्म पानी परेको थियो । यस्तो अवस्थामा अम्पायरहरूले दुवै कप्तानसँग छलफल गरेर खेल रद्द गर्ने निर्णय गरेका हुन् । दुवै टोलीलाई एक–एक अंक दिइएको छ ।

यस खेलबाट एक अंकको साथ कोलकाता १९ अंकमा पुगेको छ भने गुजरातको मात्र ११ अंक छ र टोलीले १६ मेमा सनराइजर्स हैदरावादविरुद्ध जित हासिल गरे पनि १३ अंक मात्र जोड्न सक्ने छ । जुन प्लेअफका लागि पर्याप्त छैन ।

अर्कोतर्फ कोलकाताले टप–२ मा रहन पक्का गरेको छ । किनभने अब अंक तालिकामा रहेका दुई टोलीले १९ वा सोभन्दा बढी अंक जोड्न सक्ने छैनन् । अहिले राजस्थानसँग २० अंक पुग्ने मौका छ ।