३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुल र म्यानचेस्टर बराबरीमा रोकियो



अ+ अ-

लन्डन । आइतबार भएको खेलमा म्यानचेस्टर युनाइटेडले लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यससँगै इंग्लिस टोलीले प्रिमियर लिगको शीर्ष स्थानमा तीन अंकको अग्रता कायम राख्यो । एनफिल्डमा भएको खेलमा ब्राजिली गोलरक्षक एलिसन बेकरले लिभरपुलका लागि उत्कृष्ट बचाउ गरेपछि म्यानचेस्टर जितबाट वञ्चित रहेको हो ।

लिभरपुल लगातार तेस्रो लिग खेलमा गोल गर्नबाट चुकेको छ तर बेकरको बचाउका कारण टिमको घरेलु मैदानमा लगातार ६८ खेलको अपराजित यात्रा कायम रह्यो । म्यानचेस्टर भने लिगका पछिल्ला १२ खेलमा अपराजित छ ।

व्यवस्थापक एलेक्स फर्गुसनको संन्यासयता टोली आठ वर्षमा पहिलो पल्ट लिग उपाधिका लागि चुनौती पेस गर्न सक्षम भएको छ ।