५ पुष २०८२, शनिबार
,
Latest
चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ फागुन २१ मा निर्वाचन हुनैपर्छ : नेता कोइराला ‘वल्र्ड पावर लिफ्टिङ च्याम्पियन’ शाह नगदसहित सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार पहिलो घण्टामा नेप्से परिसूचक १४.४८ अंकले बढ्यो



अ+ अ-

काठमाडौं । सोमबार नेप्से परिसूचक १४.४८ अंकले बढेको छ । बजार २ हजार ३३३ दशमलव ८८ विन्दुबाट शुरु भएको कारोबार पहिलो घण्टामा शून्य दशमलव ६३ प्रतिशतले बढेको हो ।  यस अवधिसम्म २ हजार ३२९ दशमलव ४८ विन्दुमा पुगेको छ ।    

पहिलो घण्टाको अवधिमा १९५ ओटा कम्पनीको १३ हजार ४४२ पटकको कारोबारमा २८ लाख ८४ हजार ४४६ कित्ता शेयरको रू. १ अर्ब ४७ करोड ८१ लाख १५ हजार बराबरको खरीदविक्री भएको छ ।

पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये जलविद्युत समूहको परिसूचक शून्य दशमलव १६ प्रतिशतले घटेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स, विकास बैंक, वित्त, निर्जीवन बीमा उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ ।

कारोबारको पहिलो घण्टामा सिभिल लघुवित्तको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । त्यस्तै, स्वाभिमान लघुवित्त, गुराँस लघुवित्त, सामुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेण्ट बैंक, हाइड्रोइलेक्ट्रीसिटी एण्ड इन्भेष्टमेण्ट र बरुण हाइड्रोपावरकोे शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

यस अवधिसम्म नेपाल दूरसञ्चार कम्पनीले सर्वाधिक हिस्सा ओगटेको छ । कम्पनीको कुल रू. १० करोड ६ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ३६४ मा कारोबार भइरहेको छ ।