९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास

बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
अ अ+ अ-

दमौली । विगत केही वर्ष पहिला तनहुँको सदरमुकाम दमौलीस्थित बुल्दीखोला कञ्चन थियो । यहाँका मानिसले बुल्दीखोलाको पानी प्रयोग गर्दथे ।

अहिले अवस्था बदलिएको छ । प्रदूषणका कारण बुल्दीखोलाको पानी प्रयोग गर्न सक्ने अवस्था छैन । खोला तथा आसपासमा फालिएका फोहरले खोलाका साथै समग्र वातावरणलाई नै असर पुगेको स्थानीय बताउँछन् ।

विगतका दिन सम्झिँदै व्यास नगरपालिका–१ का वडाध्यक्ष रमेशचन्द्र हड्खलेले बुल्दीखोला अहिले नुहाउन लायक नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई याद छ बुल्दीखोलाको पानी हामीले पनि पिएका हौँ । तर अहिले यति प्रदूषित भयो कि पिउने त कुरै छाडौँ, नुहाउन मिल्ने अवस्थामा पनि छैन ।”

स्थानीय तथा खोला भएर यात्रा गर्ने यात्रुको लापरबाहीका कारण पानी दूषित बन्दै गएको भन्दै यसको सरसफाइमा स्वयं व्यक्ति र समाज लाग्नुपर्ने हड्खलेले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले सोझै ढल खोलामा मिसाउने गरिएको छ, यसले झनै समस्या थपेको छ । यहाँको ढल सोझै खोलामा मिसाउनु हुँदैन भनेर युवाले अग्रसरता लिनुपर्छ । जनप्रतिनिधिले पनि नगरपालिकामा खोला संरक्षण र ढल व्यवस्थापनमा दबाब सिर्जना गर्नुपर्छ ।” खोला सफा भए जलचर संरक्षण हुने भएकाले यसतर्फ सबैले पहल गर्नुपर्ने उहाँको भनाइ छ ।

दिनप्रतिदिन बुल्दीखोला दूषित बन्दै गएकाले यसलाई पुरानै स्वरुपमा फर्काउने प्रयास थालिएको वडाध्यक्ष हड्खलेले बताउनुभयो । दमौलीका युवा अभियन्ता सुदीप गफ्फारको प्रयासमा बुल्दीखोलालाई पुरानै स्वरुपमा फर्काउन बृहत् जनसहभागितामा सरसफाइ गरिएको छ ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले एउटा युवाको सक्रियतामा बुल्दीखोला बृहत् सरसफाइ अभियान हुनु खुसीको कुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो अभियानमा सबैको सद्भाव र सहयोग हुनु आवश्यक छ ।”

नगरपालिकाको मुख्य चुनौती फोहर व्यवस्थापन भएको उल्लेख गर्दै नगरप्रमुख न्यौपानेले भन्नुभयो, “सहरीकरणसँगै फोहरको मात्रा बढ्दै गएको छ । यसको व्यवस्थापन प्रमुख चुनौती बनिरहेको छ । नागरिकस्तरमा सरसफाइ अभियानका लागि ठूलो समर्थन प्राप्त भएको छ ।”

जीवनमा नभई नहुने तत्व पानी भएको बताउँदै उहाँले पानीलाई स्वच्छ बनाउने अभियानमा नगरपािलकाको सदैव सहयोग रहने बताउनुभयो । नगरप्रमुख न्यौपानेले नगरलाई सफा र स्वच्छ बनाउन आगामी जेठ १ गतेदेखि प्लाष्टिक झोलामुक्त अभियान सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पहिलो चरणमा झोलाबाट यो अभियान सञ्चालन गर्न लागेका छौँ ।”

सरसफाइ अभियानको नेतृत्व गर्नुभएका युवा अभियन्ता सुदीपले बृहत् सरसफाइ अभियानका लागि टोल, विद्यालय, क्याम्पस, सङ्घसंस्थालगायत स्थानीयबाट साथ र सहयोग पाएको बताउनुभयो । बुल्दीखोला दिनप्रतिदिन प्रदूषित बन्दै गएकाले खोला स्वच्छ र सफा राख्ने उद्देश्यसहित बृहत् सरसफाइ अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

सुदीपले भन्नुभयो, “भावी पुस्ताका लागि खोला संरक्षण गर्नुपर्ने अवस्था आएको छ । खोलाको अवस्थाले स्थानीयको स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याइरहेकाले पनि सबैको सहभागितामा सरसफाइ अभियान सञ्चालन गर्ने जमर्को गरेको हुँ ।”

बुल्दीखोला धार्मिक महत्वसँग जोडिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “महर्षी वेदव्यासले यहाँ हात धोएका भन्ने धार्मिक महत्व छ । सोही कारण पनि यसको संरक्षण गर्नुपर्छ । यहाँका ढुङ्गामा देवताको बास छ । पछिल्लो समय यसको स्वरुप फेरिँदा मन खिन्न हुन्छ ।” बुल्दीखोलाको स्वरुप फर्काउन सरसफाइ अभियान निरन्तर जारी रहने उहाँको भनाइ छ । रासस