२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पन्तको अनुपस्थितिमा यी खेलाडीले आरसीबीविरुद्ध दिल्लीको कमाण्ड सम्हाल्नेछन्



अ+ अ-

एजेन्सी । आइतबार रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) विरुद्धको महत्वपूर्ण खेलअघि दिल्ली क्यापिटल्सलाई ठूलो झट्का लागेको छ जब टोलीका कप्तान ऋषभ पन्तलाई आईपीएल एपेक्स काउन्सिलले एक खेलका लागि निलम्बन गरेको छ ।

राजस्थान रोयल्सविरुद्धको खेलमा स्लो ओभर रेटका कारण पन्तमाथि कारबाही गरिएको हो । यदि दिल्लीले प्लेअफमा पुग्ने आफ्नो आशा कायम राख्न चाहन्छ भने उसले कुनै पनि हालतमा आरसीबीविरुद्धको खेल जित्नुपर्नेछ ।

स्लो ओभर रेटका कारण पन्तविरुद्ध कारबाही भएको यो तेस्रो पटक हो । यसअघि उनलाई ३१ मार्चमा चेन्नई र ३ अप्रिलमा कोलकाताविरुद्धको खेलमा स्लो ओभर रेटका कारण जरिवाना गरिएको थियो ।

तर, उनले आफ्नो अघिल्लो गल्तीबाट पाठ सिकेनन् र मे ७ मा राजस्थानविरुद्धको खेलमा फेरि पुरानो गल्ती दोहोर्‍याए, जसमा बीसीसीआईले अहिले उनीविरुद्ध कडा कारबाही गरेको छ ।

पन्तको अनुपस्थितिमा टोलीका अलराउन्डर अक्षर पटेलले आरसीबीविरुद्धको टोलीको जिम्मेवारी सम्हाल्नेछन् । खेलअघि दिल्लीका मुख्य प्रशिक्षक रिकी पोन्टिङले भने– ‘अक्षर पटेल विगत केही सिजनदेखि टोलीको उपकप्तान रहेको बताएका थिए । उनीसँग आईपीएल खेल्ने धेरै अनुभव छ । यस बाहेक उनले अन्तर्राष्ट्रिय स्तरमा पनि धेरै क्रिकेट खेलेका छन् र खेल राम्ररी बुझ्छन् । पन्त निलम्बन हुने सम्भावना देखिएपछि उनको अनुपस्थितिमा कप्तान बनाउने विषयमा हामीले छलफल गरेका थियौं । अक्षर यसका लागि उत्साहित छन् ।’

दिल्लीको टोली अझै प्लेअफको दौडमा छ । दिल्ली १२ खेलमा ६ हार र ६ जितसहित १२ अंकसहित तालिकाको पाँचौं स्थानमा छ । अर्कोतर्फ, आरसीबीले पनि खराब सुरुवातपछि बाउन्स ब्याक गर्दै आफ्नो पछिल्लो चार लगातार खेल जितेको छ । पन्तको अनुपस्थितिमा आरसीबीलाई फाइदा हुनेछ ।

 




भर्खरै