११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत चाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको दोस्रो दिन सोमबार १७.३१ अंकले बढ्यो नेप्से, परिसूचक बढेपनि कारोबार रकम भने घट्यो



अ+ अ-

काठमाडौं । सोमबार शेयर बजार १७.३१ अंकले बढेर २ हजार ३३२ दशमलव ३२ विन्दुमा बन्द भएको छ । सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव ५६ अंक बढेर १४२ दशमलव ९१ विन्दुमा पुगेको छ ।

यस दिन नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । आइतबार २ हजार ३१५ विन्दुमा बन्द भएको बजार सोमबार २ हजार ३३३ दशमलव ८८ विन्दुदेखि खुला भएको थियो । आइतबार रू. ६ अर्ब ३७ करोड ४२ लाख ६७ हजार बराबरको १ करोड ५० लाख ३५ हजार २२१ कित्ता शेयर कारोबार भएकोमा सोमवार रू. ६ अर्ब ३१ करोड ४६ लाख ६४ हजार बराबरको १ करोड ५४ लाख ९६ हजार ७१४ कित्ता शेयर कारोबार भएको हो । 

यो कारोबार २०७ ओटा कम्पनीको ५१ हजार ८१३ पटकको व्यापारमा भएको हो । यस दिन सिभिल लघुवित्तको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ भने यो बाहेक १७ ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेको छ ।

विशाल बजार कम्पनीको ९ दशमलव ९८ प्रतिशत, गोर्खाज फाइनान्सको ९ दशमलव ९८ प्रतिशत, नारायणी डेभलपमेण्ट बैंकको ९ दशमलव ९६ प्रतिशत, आरम्भ चौतारी लघुवित्त, सामूदायिक लघुवित्त, समिट लघुवित्त र गुराँस लघुवित्तको ९ दशमलव ९५ प्रतिशत, हाइड्रोइलेक्ट्रसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी, तारागाउँ रिजेन्स होटल र कर्पोरेट डेभलपमेण्ट बैंकको ९ दशमलव ८७ प्रतिशतले शेयरमूल्य बढेको  छ ।

त्यस्तै, नेपाल फाइनान्सको ९ दशमलव ७६ प्रतिशत, प्रभु लाइफको ९ दशमलव ७३ प्रतिश, बरुण हाइड्रोको ९ दशमलव ६८ प्रतिशत, कामना सेवा विकास बैंकको ९ दशमलव ६७ प्रतिशत, प्रोग्रेसिभ फाइनान्सको ९ दशमलव ४९ प्रतिशत र छ्याङ्दी हाइड्रोको ९ दशमलव ०९ प्रतिशतले शेयरमूल्य बढेको हो । 

यस दिन प्रभु बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त बैंकको रू. ३३ करोड ४६ लाख ९४ हजार बराबरको शेयर कारोबार भएको हो । त्यस्तै समृद्धि फाइनान्सको शेयरमूल्य सर्वाधिक ४ दशमलव १४ प्रतिशतले घटेको छ । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७ ले घटेर अन्तिम मूल्य रू. १६२ कायम भएको छ ।
 




भर्खरै