२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीलाई ठूलो झट्का, कप्तान ऋषभ पन्त एक खेलका लागि निलम्बन, भारी जरिवाना पनि लगाइयो



अ+ अ-

एजेन्सी । आईपीएल–२०२४ मा दिल्ली क्यापिटल्सलाई ठूलो झट्का लागेको छ । टोलीका कप्तान ऋषभ पन्त एक खेलको निलम्बनमा परेका छन् । स्लो ओभर रेटका लागि उनलाई ३० लाख जरिवाना समेत गरिएको छ ।

गत मे ७ मा आफ्नै घरेलु अरुण जेटली स्टेडियममा भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई २० रनले पराजित गरेको थियो भने यो खेलमा पन्त स्लो ओभर रेटको दोषी ठहर भएका थिए । दिल्लीले पूरा २० ओभर बलिङ गर्न निर्धारित समयभन्दा १० मिनेट बढी लिएको थियो ।

दिल्ली स्लो ओभर रेटमा परेको यो पहिलो पटक होइन । दिल्लीले यो तेस्रो पटक गरेको हो र त्यही कारण पन्तलाई निलम्बन गरिएको हो, नत्र उनलाई जरिवाना मात्र लाग्ने थियो । पन्तलाई ठूलो जरिवाना तोकिएको छ भने टोलीका खेलाडीलाई पनि जरिवाना गरिएको छ ।

प्लेइङ–११ मा सहभागी टिमका सबै खेलाडीलाई १२ लाख रुपैयाँ वा म्याच फीको ५० प्रतिशत, जुन कम भए पनि जरिवाना गरिएको छ । यसमा इम्प्याक्ट प्लेयरहरू पनि समावेश छन् ।

पन्त र टोलीलाई बचाउन दिल्ली क्यापिटल्सले रेफ्रीको यो निर्णयविरुद्ध अपिल गरेको थियो । तर त्यसको कुनै उपयोग भएन । दिल्लीको अपील बीसीसीआई ओम्बड्सम्यानलाई पनि पठाइएको थियो । ओम्बड्सम्यानले सुनुवाइ गरे र त्यसपछि भने कि म्याच रेफ्रीको निर्णय अन्तिम हो ।

दिल्लीको टोली प्लेअफको दौडमा छ र अर्को राउण्डमा जानका लागि आफ्नो दुवै खेल जित्नुपर्नेछ तर पन्तको अर्को खेलमा अनुपस्थित हुनु यो टोलीका लागि निकै नराम्रो खबर हो । दिल्ली अहिले अंक तालिकाको पाँचौं स्थानमा छ ।