२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

के आईपीएलको अर्को सिजनमा ‘इम्प्याक्ट प्लेयर’ नियम हटाइनेछ ?



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) सचिव जय शाहले आईपीएलमा इम्प्याक्ट प्लेयरको नियमलाई प्रयोगका रूपमा लागू गरिएको र सबै फ्रेन्चाइजीले चाहेमा त्यसमा पुनर्विचार गर्न सकिने बताएका छन् ।

इम्प्याक्ट प्लेयर नियमका कारण यस पटकको आईपीएलमा आठ पटकको स्कोर २५० भन्दा बढी थियो । खेलाडी, प्रशिक्षक र विज्ञहरूले पनि यो नियमले टोलीलाई अतिरिक्त ब्याट्सम्यान दिने भएकाले बलरमा प्रतिकूल असर परेको बताएका छन् ।

भारतीय कप्तान रोहित शर्माले पनि यही नियमका कारण अलराउन्डरले बलिङ गर्ने मौका नपाएको बताएका थिए । शाहले भने– ‘इम्प्याक्ट प्लेयरको नियम प्रयोगका रूपमा लागू गरिएको हो । तर, यसले दुई भारतीय खेलाडीलाई खेल्ने थप अवसर दिएको छ । यो महत्त्वपूर्ण छैन ? खेल पनि प्रतिस्पर्धात्मक बन्दै गएको छ ।’

शाहले टी–२० विश्वकपपछि सबै दलको बैठक र छलफल गर्ने बताए । उनले भने, ‘यदि खेलाडी र फ्रेन्चाइजलाई यो ठीक छैन भन्ने लाग्छ भने हामी यसबारे कुरा गर्नेछौँ । अहिलेसम्म कसैले यस्तो कुरा भनेका छैनन् । आईपीएल र टी–२० विश्वकपपछिको बैठकले निर्णय गर्नेछ ।’

उनले भने– ‘यो स्थायी नियम होइन र यसलाई खारेज गर्छौं भनेर पनि मैले भनेको छैन । टी–२० विश्वकप खेल्न जाने भारतीय खेलाडीलाई म्याच अभ्यास नै उत्कृष्ट तयारी भएकाले आरामको आवश्यकता छैन ।’

उनले थप भने – आरामको आवश्यकता के हो ? यो त अभ्यास सत्र जस्तै हो । यो भन्दा राम्रो तयारी के हुन सक्छ ? तपाईको अगाडि एउटा उत्कृष्ट टोली छ जसमा एक बलर न्युजिल्याण्डका छन्, एक अष्ट्रेलियाका छन् र एक श्रीलंकाका छन् । यदि हामीले बलरलाई आराम दिएमा उसले ट्राभिस हेडलाई बलिङ गर्ने मौका पाउने छैन । जसप्रित बुमराहले उनलाई बलिङ गरेपछि मात्र उनले बलिङ गर्ने तरिका बुझ्नेछन् ।’

महिला क्रिकेटको प्रवद्र्धनका लागि खेल संख्या बढाउन पनि बोर्ड केन्द्रित रहेको शाहले बताए । उनले भने, ‘महिला क्रिकेटलाई पनि पुरुष क्रिकेटजस्तै हेरचाह भइरहेको छ । विश्वकप बंगलादेशमा हुने भएको छ र हामी द्विपक्षीय शृंखला पनि खेलिरहेका छौं ।’