२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीका मुख्यमन्त्री केजरीवालले जुन १ सम्म अन्तरिम जमानत पाए, चुनाव प्रचार गर्न सक्ने



अ+ अ-

नयाँदिल्ली । भारतीय सर्वोच्च अदालतले शुक्रबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जुन १ सम्म अन्तरिम जमानत दिएको छ ।

उनलाई जुन २ मा जुनसुकै अवस्थामा आत्मसमर्पण गर्न भनिएको छ । उनको चुनावी अभियानमा कुनै प्रतिबन्ध लाग्ने छैन । तर उनले मुद्दाको बारेमा बोल्न पाउने छैनन् ।

दिल्ली रक्सी नीति मुद्दामा केजरीवाल ४० दिनदेखि तिहाड जेलमा छन् । उनी आज साँझसम्म जेलबाट बाहिर आउन सक्नेछन् । अदालतले शुक्रबार दिउँसो २ बजे एक लाइनमा फैसला सुनाएको हो । अदालतको पूर्ण आदेश भने आइसकेको छैन ।

सर्वोच्चले आफ्नो फैसलामा ३ कुरा भनेको छ – केजरीवालले मदिरा नीति मुद्दामा बोल्न पाउने छैनन्, चुनाव प्रचारप्रसार गर्न सक्ने र जुन २ मा आत्मसमर्पण गर्नुपर्नेछ ।