३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कागलिरीमाथि एसी मिलानको जित



अ+ अ-

मिलान । एसी मिलानले सोमबार कागलिरीलाई २–० ले हराएको छ । जितसँगै मिलानले इटालीको सिरी ए को शीर्ष स्थानमा तीन अंकको अग्रता बनाएको छ । एसी मिलानको जितमा ज्लाटन इब्राहिमोभिचको दुई गोल रहेको थियो । 

यसअघि इन्टर मिलानले युभेन्टसलाई हराएर शीर्ष स्थानमा अंक बराबरी गरेको थियो । इब्राहिमोभचले १३ खेलमा १३ गोल गरिसकेका छन् र कागलिरीविरुद्धका दुई गोलमध्ये एक पेनाल्टीबाट गरेका थिए ।

खेलको अन्त्यमा मिलान १० खेलाडीमा सीमित रहेको थियो । मिलानले घर बाहिरका पछिल्ला १९ खेलमा लगातार गोल गरेको छ र यो सिरी ए मा कीर्तिमान हो । मिलानको अब १८ खेलबाट ४३ अंक भएको छ ।