२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अञ्जु पन्त र उत्तम खडकाको स्वरमा ‘मनै मनमा’ गीत सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौं । नेपाली साङ्गितिक क्षेत्रमा सुमधुर आवाजकी धनी गायिका अञ्जु पन्त र गायक उत्तम खडकाको स्वरमा 'मनै मनमा' बोलको गीत सार्वजनिक भएको छ। गीतकार कृष्ण केसीको शब्द रहेको यो गीतमा श्रीकृष्णबम मल्लले सुमधुर संगीत भरेका छन भने निर्देशकमा समेत उनकै भुमिका देखिएको छ ।

गत शनिबार 'आफ्नो मन' नामक युट्युब च्यानलबाट सार्वजनिक भएको भिडियोमा श्रीकृष्ण बम मल्ल र सम्पदा बानियाको अभिनय रहेको छ । अनिल केसीको प्रडक्सनमा बनेको गित एकस्टिक स्टुडीयोमा रेर्कड गरिएको थियो । महाराज थापाले एरेन्ज गरेको उक्त गीतलाई प्रकाश मिश्रले मास्टरिङ गरेका हुन ।

गीतको भिडियोलाई मुकेश हुमागाइँले खिचेका हुन भने सम्पादन टेकेन्द्र शाहले गरेका हुन। गीतमा हिमालका मनोरम द्रिश्य हरुलाई समेत समेटिएको छ।