• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

लेभरकुसेन युरोपा लिगको फाइनलमा, अन्तिम समयमा रोमाञ्चक बराबरी



काठमाडौँ । ४९ खेलमा अपराजित रहँदै कीर्तिमान कायम गरेको जर्मन क्लब बायर लेभरकुसेन युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा इटालियन क्लब रोमासँग २–२ गोलको बराबरी खेल्दै एग्रिगेटमा ४–२ को नतिजासहित लेभरकुसेनले फाइनलको टिकट काटेको हो ।

घरेलु मैदानमा २–० गोलले पछि परेको अवस्थामा लेभरकुसेनले पुनरागमन गर्दै बराबरी गरेको हो । खेलको ४३ औं मिनेटमा र ६६ औं मिनेटमा लियान्ड्रो परेडेसले दुबै गोल पेनाल्टीमार्फत गर्दै रोमालाई २–० ले अघि बढाएका थिए ।

तर, ८२ औं मिनेटमा रोमाका जियानलुका मान्सीनीले आत्मघाती गोल गरेपछि लेभरकुसेन १–२ को नतिजामा आयो । यस्तै खेल सकिनै लाग्दा इन्जुरी समयमा ९०+७ औं मिनेटमा जोसीप स्टानीसीचले गोल गर्दै लेभरकुसेनलाई हारबाट जोगाए ।

लेभरकुसेनले उपाधिका लागि एटलान्टासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल मे २३ मा हुनेछ ।