• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान ★   टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो, सुरुवाती–११ मा को–को छन् ? ★   लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुनरावलोकन निवेदन दर्ता ★   वन मन्त्री शाहीसंग कोलोम्बिया राजदुत बीच शिष्टचार भेट ★   सुदूरपश्चिम सरकारले ल्यायो साढे ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ★   एनआरएन विवादमा मिसिल झिकाउने आदेश ★   भावी प्रधान न्यायाधीशमा राउत सिफारिस ★   ‘जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’ ★   नेपाल–अमेरिका टिफा बैठकः द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल

तीज गीत प्रतियोगितामा सञ्जीवनी दिदीबहिनी समूह पहिलो



लेखनाथ (कास्की) । मौलिक संस्कृतिको जगेर्ना एवं पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखराको फेवातालस्थित वाराहीघाटमा आयोजना गरिएको तीज गीत महोत्सव तथा प्रतियोगितामा पोखरा महानगरपालिका–६ बैदामको सञ्जीवनी दिदीबहिनी समूह पहिलो भएको छ । उक्त प्रतियोगितामा सहभागी भएका २२ समूहबीच प्रतिस्पर्धा गराइएको थियो ।

आयोजक संस्था पर्यटन व्यवसायी महिला सङ्घ (टेवान) पोखराका अध्यक्ष कमला गिरीका अनुसार विजयी सञ्जीवनी दिदीबहिनी समूहलाई रु ३० हजारसहित पुरस्कृत गरिएको छ । यस्तै प्रतियोगितामा द्वितीय भएको सहनशील दिदीबहिनी समूह पोखराले रु २० हजार तथा तृतीय भएको अमरसिंह दृष्टिविहीन समूह पोखराले रु १५ हजार पुरस्कार प्राप्त गरेको छ । सहभागी २२ समूहमध्ये १२ समूहलाई रु पाँच हजारका दरले सान्त्वना पुरस्कार प्रदान गरिएको अध्यक्ष गिरीले बताउनुभयो ।

टेवानद्वारा आयोजना गरिएको दोस्रो संस्करणको उक्त तीज गीत महोत्सवको उद्घाटन शुक्रबार गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले गर्नुभएको थियो । त्यस्तै प्रतियोगिताअन्तर्गत रस्साकस्सीमा समावेशी आमा समूह विजयी भएको छ भने दुई दिनसम्म निरन्तर आफ्नो नाच प्रस्तुत गर्ने इन्दिरा अधिकारी पुरस्कृत हुनुभएको छ ।

पोखरालाई पर्यटन राजधानी घोषणा गरेसँगै यहाँको पर्यटन प्रवर्द्धन गर्न पर्यटन व्यवसायी महिला सङ्घ (टेवान) पोखराले यस्तो महोत्सव सुरु गरेको हो । टेवानका अध्यक्ष गिरीले मौलिक संस्कृतिको जगेर्नाका साथै पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यस वर्ष दोस्रो संस्करणको तीज गीत महोत्सव आयोजना गरिएको बताउनुभयो । रासस