३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप ३४८ जनामा संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । मंगलबार ३४८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर ४९५६ जनाको पिसिआर परिक्षणमा ३४८ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा हालसम्म २० लाख २१ हजार सात सय १४ वटा नमुना परीक्षण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार आज देशभर कूल चार सय ४१ जना सङ्क्रमणबाट मुक्त भएसंगै नेपालमा हालसम्म कूल दुई लाख ६२ हजार दुई सय ५९ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । यसरी कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या कूल सङ्क्रमितमध्ये ९७.८६ प्रतिशत रहेको छ ।  

मन्त्रालयका अनुसार देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार ७ सय ६४ छ । हालसम्म पीसीआर विधिबाट २० लाख २१ हजार ७ सय १४ परीक्षणहरु गरिएका छन् ।

देशभर क्वारेन्टाइनमा रहनेको संख्या १ सय ९० रहेको छ । कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९६९ जना रहेको छ ।