२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीलाई पराजित गर्दै लेस्टर फेरि शीर्ष स्थानमा



अ+ अ-

लन्डन । लेस्टर सिटीले चेल्सीमाथि मंगलबार २–० को जित रचेर इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा फेरि उक्लन सफल भएको छ । विल्फ्रेड एनडीडी र जेम्स म्याडिसनको एक–एक गोलमा सिटीले शीर्ष स्थानमा फेरि उक्लने मौका पाएको हो । 

जितपछि लेस्टरको ३८ अंक भएको छ । हारले चेल्सी व्यवस्थापक फ्रान्क लाम्पार्डमाथि अझ दबाब बढेको छ । चेल्सी लिगका पछिल्ला आठ खेलमध्ये दुईमा मात्र विजयी रहेको छ । टोली अहिले आठौं स्थानमा झरेको छ ।

यो शीर्ष स्थानमा रहेको टिमसँग ९ अंकको दूरी हो । चेल्सीले सिजनको सुरुमा नयाँ खेलाडीका लागि ४० करोड खर्च गरेको थियो तर क्लबले त्यसअनुसार प्रदर्शन गर्न सकेको छैन ।