२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाका कारण केकेआर टोलीको बिचल्ली, फ्लाइट गुवाहाटी मोडियो



अ+ अ-

एजेन्सी । लखनउ सुपर जाइन्ट्सविरुद्धको खेल जितेर फर्किएको कोलकाता नाइट राइडर्स (केकेआर)टोली वर्षाका कारण अलपत्र परेको छ ।

टोली लखनउबाट कोलकाता फर्कदै गर्दा भारतको पूर्वी भागमा भारी वर्षाका कारण केकेआरको विमान कोलकातामा अवतरण गर्न नसकेपछि विमानलाई गुवाहाटी पठाइएको थियो । जसका कारण केकेआर टोलीका सदस्यहरूले उडानमा धेरै समय व्यतित गर्नुपरेको थियो ।

केकेआरका अनुसार टोलीका सदस्यहरूले सोमबार साँझ ५ः४५ मा लखनउबाट उडान भरेका थिए जहाँ उडान साँझ ७ः२५ मा अवतरण गर्ने तालिका थियो ।

बेलुका ८ः४६ मा उनको चार्टर फ्लाइट कोलकातामा भारी वर्षाका कारण गुवाहाटीतर्फ डाइभर्ट गरिएको बताइएको थियो । केकेआरको मिडिया टोलीले भने, ‘हामी गुवाहाटीमा अवतरण गर्यौं र कोलकाता जानको लागि उडान क्लियर भइसकेको र टोली राति ११ बजे कोलकाता पुग्ने बताइएको थियो । तर राति अबेरसम्म अवस्था राम्रो नभएको र धेरै प्रयास गर्दा पनि उडान कोलकातामा अवतरण हुन सकेन । यसरी उडान वाराणसीमा अवतरण भयो ।’

केकेआर सदस्यहरूले वाराणसीको एक होटलमा रात बिताए । मिडिया रिपोर्टका अनुसार केकेआर टोली मंगलबार दिउँसो कोलकाता जानेछ । मौसमका कारण उडान डाइभर्सनका कारण खेलाडीहरूले समस्या भोग्नुपरेको र यो उनीहरूका लागि डरलाग्दो अनुभवभन्दा कम थिएन ।

कोलकाताले अन्तिम खेलमा लखनउलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । केकेआर टोली लगभग प्लेअफमा पुगेको छ । अर्को खेल करिब पाँच दिनको अन्तरमा हुनु टोलीका लागि राहतको कुरा हो । उसले शनिबार घरेलु मैदानमा मुम्बई इन्डियन्ससँग खेल्ने छ । त्यसपछि टोलीले मे १३ मा गुजरात टाइटन्ससँग अहमदाबादमा र १९ मेमा गुवाहाटीमा राजस्थान रोयल्ससँग खेल्नेछ ।