• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
Latest
★   टीओआरमा चार बुँदे सहमति ★   सन्दर्भ गणतन्त्र दिवसः तिम्रा भागवण्डाको राजनीतिमा तिमीलाई भाग चाहिँ कहिले पुग्छ हँ ? ★   पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा ★   दुर्घटनालाई सम्झिँदै ऋषभले भने – आँखा खुल्दा अब बाँच्छु भन्ने लागेको थिएन ★   कर्णाली प्रदेशको बेरुजु चार अर्ब पुग्यो ★   ५–१० रुपैयाँको सपना देखेका रिुंकुको अहिले ५५ लाख तलब ★   ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु ★   भारतीय विमानभित्र बम भएको हल्ला झुटो साबित ★   गणतन्त्रको फलमा असिना पर्न नदिन कवि पराजुलीको अविराम लेखन ★   एक मुरी मकै फल्ने बारीमा ५० हजारभन्दा बढीको तरकारी उत्पादन

खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग



खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई सहयोगस्वरुप रु एक लाख ७६ हजार प्रदान गरिएको छ ।

यही वैशाख १४ गते जङ्गलमा लागेको डढेलो गाउँमा फैलदा घर जलेर विस्थापित भएका सात परिवारलाई जिल्लाका एक सय ५२ शिक्षकसहित एक सय ६७ जनाबाट चन्दा सङ्कलन गरेर उक्त रकम प्रदान गरिएको हो ।

पीडितलाई क्षतिको मूल्याङ्कन गरेर रु १२ देखि ४५ हजारसम्म प्रदान गरिएको सहयोग सङ्कलन अभियानका संयोजक एवं कालिका आधारभूत विद्यालय नवलपुरका शिक्षक दिलीप वाम्बुलेले जानकारी दिनुभयो ।

आगलागीमा घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाएका लाई रु ४५ हजार उपलब्ध गराइएको छ । सङ्कलित रकम सल्लेका वडाध्यक्ष काशीराज राईको उपस्थितिमा प्रदान गरिएको हो ।

आगलागीबाट रु एक करोड ३३ लाख बराबरको धनमाल नष्ट भएको स्थानीय प्रशासनले जनाएको छ । जिल्लामा गत साउनदेखि हालसम्म ९९ वटा घर जलेका प्रहरीले बताएको छ । रासस