६ पुष २०८२, आईतवार
,
Latest
पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक १९.३७ अंकले उकालो



अ+ अ-

काठमाडौं । बुधबार कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक १९.३७ अंकले उकालो लागेर २३४६.२७ विन्दुमा पुगेको छ ।   

यस दिन बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ८३ प्रतिशतले बढेको हो ।  यस अवधिसम्म नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २७ करोड ३८ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. २ हजार ८४६ मा कारोबार भइरहेको छ ।

पहिलो घण्टाको अवधिमा १९६ ओटा कम्पनीको १३ हजार ०६० पटकको कारोबारमा २६ लाख ९२ हजार ९६५ कित्ता शेयरको रू.१ अर्ब ४५ करोड ६ लाख ७० हजार बराबरको खरीदविक्री भएको छ । कारोबारको पहिलो घण्टामा वेष्ट फाइनान्स, कर्पोरेट डेभलपमेण्ट बैंक, नारायणी विकास बैंक, नेपाल फाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स, रिलायन्स फाइनान्स र सप्तकोशी डेभलपमेण्टको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव ११ प्रतिशतले घटेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा समूहको परिसूचक बढेको छ ।