१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

LG को Foldable स्मार्टफोन पछि अब Rollable Laptop आउँदैछ, यस्ता छन् विशेषता



अ+ अ-

काठमाडौं । LG कम्पनीले सर्वसाधारणको लागि आकर्षक ल्यापटप ल्याउने तयारी गरेको छ । हालै आएका खबरहरु अनुसार LG ले rollable अर्थात स्क्रिन सानो ठूलो बनाउन सकिने laptop का लागि पेटेन्ट दर्ता गराएको छ ।

जसको screen size १७ इन्चको रहेको छ । तर यसलाई रोल अर्थात बेरेर १३.३ इन्चको बनाउन सकिन्छ । यतिसम्म कि एलजीको यो अपकमिङ rollable laptop को keyboard समेत बेर्न सकिनेछ अर्थात यसलाई पनि सानो ठूलो पार्न सकिनेछ ।

एलजी पछिल्लो समय रोलेबल display ले भएको ल्यापटप, टेलिभिजन तथा smart phone को विकास गर्ने कोसिसमा जुटेको छ । कम्पनीले केही अघि मात्र दक्षिण कोरियाबाट आफ्नो रोलेबल टेलिभिजन बिक्री सुरु गरेको छ । जसको मूल्य निकै महंगो रहेको छ ।

त्यसो त एलजीले यस अघि नै foldable smart phone समेत सार्वजनिक गरिसकेको छ र कम्पनी अहिले फोल्डेबल ल्यापटपमा समेत काम गरिरहेको छ ।