२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंगलोरको लगातार तेस्रो जित, प्लेअफको सम्भावना कायमै



अ+ अ-

काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलोरले आईपीएल–२०२४ मा लगातार तेस्रो जित हात पारेको छ ।

टोलीले चालू सिजनको ५२औं खेलमा गुजरात टाइटन्सलाई ४ विकेटले पराजित गरेको हो । यो जितसँगै बैंगलोरले प्लेअफको सम्भावना जीवितै राखेको छ ।

एम चिन्नास्वामी स्टेडियममा शनिबार भएको खेलमा बैंगलोरले टस जितेर बलिङ रोजेको थियो । गुजरात १९.३ ओभरमा १४७ रनमा अलआउट भयो । बैंगलोरले १३.४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो । खेलको प्लेयर अफ द म्याच मोहम्मद सिराज भए । उनले २९ रनमा २ विकेट लिए ।

जीटीबाट राहुल तेवाटिया ३५ रन, डेभिड मिलर ३० रन, शाहरुख खान ३७ रन बनाएर आउट भए । राशिद खानले १८ रन बनाए । बैंगलोरका मोहम्मद सिराज, विजयकुमार वैशाख र यश दयालले २–२ विकेट लिए ।

आरसीबीका कप्तान फाफ डु प्लेसिसले २३ बलमा ६४ रन बनाए भने विराट कोहलीले २७ बलमा ४२ रन बनाए । दुबैले ९२ रनको ओपनिङ पार्टनरसिप गरे । गुजरातका जोसुवा लिटिलले ४ विकेट लिए भने नूर अहमदले २ विकेट लिए ।