२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानचेस्टर युनाइटेड शीर्ष, सिटी दोस्रो स्थानमा



अ+ अ-

लन्डन । म्यानचेस्टर युनाइटेडले बुधबार फुलहमलाई २–१ ले हराएर इंग्लिस प्रिमियर लिगको शीर्ष स्थान कब्जा गरेको छ । पउल पोग्बाको उत्कृष्ट गोलमा म्यानचेस्टर युनाइटेडले जित पक्का गरेको हो । म्यानचेस्टरले एक गोलले पछाडि रहेको स्थिति उल्टाएको हो । एडमोला लुकमनको गोलले फुलहमले अग्रता लिएयता एडिसन कभानीले बराबरी गोल फर्काए । घरबाहिर म्यानचेस्टरको यो सातौं जित हो र उसको लिगमा अपराजित यात्रा १७ खेल पुगेको छ ।

यो जितपछि म्यानचेस्टरको १९ खेलबाट ४० अंक भएको छ । लिग तालिकामा म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ र उसको १८ खेलबाट ३८ अंक छ । सिटीले अर्को खेलमा एस्टन भिल्लालाई २–० ले हरायो ।

त्यसमा बर्नार्डो सिल्भा र इलकयी गुन्डोगनले खेलको अन्त्यतिर गोल गरे । भिल्ला भने २६ अंकमा ११ औं स्थानमा रह्यो । यस्तै फुलहम १२ अंकमा पुछारबाट तेस्रोमा छ ।