११ श्रावण २०८३, सोमबार
,
Latest
सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु दीपक भट्टलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चद्वारा विशेष अदालतसँग कैफियत माग भक्तजनका लागि पशुपतिनाथमा दर्शन र पूजाआजा व्यवस्थित ग्यास जगेडा नराख्न उपभोक्तालाई एलपी ग्यास उद्योग सङ्घको आग्रह नुवाकोटको तादी गाउँपालिकाको विकास र सेवा विस्तारबारे सञ्चारमन्त्री तिमिल्सिनासँग छलफल झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र पशुपालक किसानलाई एन्टिबायोटिकको जिम्मेवार प्रयोग र ‘एक स्वास्थ्य’ अवधारणाबारे तालिम दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान प्रतिबन्धित वस्तुको बिक्री–वितरण नगर्न विभागको चेतावनी कप्तानगञ्जमा तनाव बढेपछि नेपाली सेना परिचालन, अवस्था नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपका लागि नेपाली टोलीमा नाम देख्दा आँसु आयो– अनिलकुमार साह



अ+ अ-

काठमाडौँ । नेपालका ब्याटर अनिलकुमार साहले ट्वान्टी–२० विश्वकपका लागि नेपाली टोलीमा आफ्नो नाम देख्दा आँसु आएको बताउनुभएको छ ।

शनिवार पाँचौं तथा अन्तिम खेलमा पाहुना टोली वेस्ट इण्डिज ‘ए’ बिरुद्ध जित निकालेपछि पत्रकार सम्मेलनमा ब्याटर अनिलले उक्त प्रतिक्रिया दिनुभएको हो । सो क्रममा उनले विश्वकपमा छनोट हुन पाउनु खुशीको क्षण रहेको र आफ्नो नाम देख्दा आँसु आएको बताउनु भयो । टिममा नाम देख्ने बितिकै घर परिवारसँग खुशी साटेको पनि उल्लेख गर्नुभयो । साथै अनिलले अन्तिम खेलमा विकेट जोगाएर खेल्दा जित निकाल्न सकिन्छ भन्ने योजनाअनुरूप खेलेको बताउनु भयो । उहाँले दोस्रो विकेटका लागि करिव एक सय रनको साझेदारी गरेका थिए ।

ब्याटिङमा डेप्थ रहेको उल्लेख गर्दै अनिलले पहिलो विकेट पतन भएसँगै समालिएर खेलेको बताउनु भयो । शुरुमा आफ्नो ब्याटमा बल कनेक्ट हुन नसकेको र आसिफलाई क्रिजमा बढी समय बताउन दिएको उनको भनाइ थियो । शनिबार जितपछि ओपनर आसिफ सेखले आशा गरेअनुरूप नजिता नआए पनि अन्तिम खेलमा जितसहित विश्वकपमा जाने टोलीको लक्ष्य पूरा भएको प्रतिक्रिया दिनुभयो । उहाँले विश्वकप छनोटबाट विश्वकपमा स्थान बनाउनु नै आफूहरूको लागि यादगार क्षण रहेको उल्लेख गर्नुभयो ।

विश्वकप अगाडि वेस्ट इण्डिजको टोली जस्तो टिमसँग खेल्न पाउनु पनि महत्वपूर्ण हुने उहाँको विश्वास छ । पत्रकार सम्मेलनमा तिब्र गतिका बलर सोमपाल कामीले आफ्नो लक्ष्य पूरा भएको उल्लेख गर्दै विश्वकप खेल्न पाउनुलाई भाग्यमानी रहेको प्रतिक्रिया दिनुभयो । साथै उहाँले जुनसुकै देशमा पुगे पनि नेपाली समर्थकको उत्तिकै साथ र समर्थन पाउने गरेको उल्लेख गर्नुभयो । यस पटक विश्वकपमा पनि सोहीअनुरूप समर्थकको साथ पाउने विश्वास व्यक्त गर्नुभयो ।

सोमपालले आयरल्याण्ड र वेस्ट इण्डिज जस्ता बलिया टोलीसँगको खेलबाट राम्रो एक्सपोजर पाएको र त्यसले विश्वकपमा पनि मद्दत पुग्ने आशा व्यक्त गर्नुभयो । नेपाली टोलीले यस श्रृंखलाभर राम्रो बलिङ र ब्याटिङ गरेको पनि सोमपालले बताएका छन् । श्रृंखलाको दोस्रो खेलमा १६० रनको लक्ष्य चेज गर्न नसक्नुको कारण नै श्रृंखला गुमाउनु परेको सोमपालको भनाइ छ । वेस्ट इण्डिज ‘ए’ का कप्तान रोस्टन चेजले छिटै विकेट हुँदा सोचेअनुरूप योगफल बनाउन नसकिएको उल्लेख गर्नुभयो । उहाँले नेपाल पनि बलियो टोली रहेको र प्रशिक्षक मोन्टी देसाईबाट टोलीले राम्रो प्रशिक्षण पाएको उहाँले बताउनु भयो ।