• ६ असार २०८१, बिहीबार
  •      Thu Jun 20 2024
  •   Unicode
Logo
Latest
★   बजेटप्रति प्रधानमन्त्री नै असन्तुष्ट रहेको पायौँ: काँग्रेस प्रमुख सचेतक लेखक ★   एडिबीबाट भुटानलाई चार करोड अमेरिकी डलर ऋण स्वीकृत ★   लागुऔषध कोकिन ४ किलो ५ सय ४ ग्रामसहित ४ जना विदेशी नागरिक पक्राउ ★   आइतबारसम्म देशभर मनसुन फैलिने ★   टी–२० विश्वकपमा आज भारत र अफगानिस्तान भिड्दै ★   बेबी बम्पमा सुन्दर देखिईन् दीपिका पादुकोण ★   युएसएआईडीको किसान २ परियोजनाद्वारा नेपालको कृषि क्षेत्रको प्रवर्द्धन ★   खराब सहकारीलाई कारबाही र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने सरकारको नीति छ: सहकारी मन्त्री ★   लालुपाते सहकारी घोटला प्रकरण: बचतकर्ताको रकम फिर्ता गर्दै सञ्चालक समिति ★   रासायनिक मलको अभाव हुँदैन: मन्त्री साह

मुम्बई आईपीएल प्लेअफको दौडबाट बाहिरियो, कोलकाताकोे १२ वर्षपछि वानखेडेमा जित



काठमाडौँ । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स आईपीएल–२०२४ को प्लेअफको दौडबाट बाहिरिएको छ । टोली कोलकाता नाइट राइडर्ससँग २४ रनले पराजित भयो ।

कोलकाताले मुम्बईलाई १२ वर्षपछि वानखेडे मैदानमा हराएको हो । यस मैदानमा मुम्बईविरुद्ध नाइट राइडर्सको अन्तिम जित सन् २०१२ मा भएको थियो ।

शुक्रबार घरेलु मैदानमा मुम्बईले टस जितेर बलिङ रोजेको थियो । कोलकाता १९.५ ओभरमा १६९ रनमा अलआउट भयो । जवाफमा मुम्बई १८.५ ओभरमा १४५ रनमा अलआउट भयो ।

कोलकाताका मिचेल स्टार्कले ४ विकेट लिए भने वेंकटेश अय्यरले ५२ बलमा ७० रन बनाए । उनी खेलको प्लेयर अफ द म्याच चुनिए ।

केकेआरका तर्फबाट वेंकटेश अय्यरको अर्धशतक बाहेक मनिष पाण्डेले ३१ बलमा ४२ रन बनाए । मुम्बईका नुवान थुसारा र जसप्रित बुमराहले ३–३ विकेट लिए । हार्दिक पाण्ड्याले २ विकेट लिए । एक विकेट पियुष चावलाले लिए ।

एमआईका लागि सूर्यकुमार यादवले ३५ बलमा ५६ रनको अर्धशतक खेले । स्टार्कका अलावा वरुण चक्रवर्ती, सुनिल नारायण र आन्द्रे रसेलले २–२ विकेट लिए ।

१७० रनको लक्ष्य पछ्याएको मुम्बईको सुरुवात राम्रो हुन सकेन । टोलीले पावरप्लेमा ४६ रन बनाउदै शीर्ष ३ विकेट गुमाएको थियो । इशान किशन १३ रन, रोहित शर्मा ११ र नमन धीर ११ रन बनाएर आउट भए । सूर्य एकातर्फ उभिए र अर्को तर्फबाट विकेट झर्दै गयो । तिलक वर्मा ४, नेहल वढेरा ६ र कप्तान हार्दिक पाण्ड्या १ रन बनाएर आउट भए । सूर्यले सातौं विकेटका लागि टिम डेभिडसँग ४९ रनको साझेदारी गरे ।