२ श्रावण २०८३, शनिबार
,
Latest
नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व संकलन खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियताः अतिक्रमण हटाउने अभियान जारी रहने सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा मनसुन थप सक्रिय हुँदैः बागमती प्रदेशको पहाडि क्षेत्रमा भारी वर्षा ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रद्धा कपुरले राहुलसँगको रिलेसनसिपको पुष्टि गरिन्



अ+ अ-

एजेन्सी । अभिनेत्री श्रद्धा कपुर आफ्नो पर्सनल लाइफलाई लिएर चर्चामा रहन्छिन् । उनको नाम लामो समयदेखि लेखक राहुल मोदीसँग जोडिएको थियो ।

दुवैले आफ्नो सम्बन्धको बारेमा खुलेर कुरा गरेका छैनन् । तर अभिनेत्रीको सामाजिक सञ्जाल पोस्ट हेर्दा उनले राहुल मोदीसँगको सम्बन्धलाई पुष्टि गरिसकेकी छन् ।

श्रद्धा कपुरले इन्स्टाग्राममा राहुल मोदीसँगको सेल्फी पोस्ट गर्दै क्याप्सन लेखेकी छिन् । मन राख… निन्द्रा फिर्ता देउ साथी ।

यो पहिलो पटक हो जब अभिनेत्रीले राहुल मोदीको लागि आधिकारिक पोस्ट साझा गरेकी छिन् ।

उनीहरुको अफेयरको खबरले लामो समयसम्म हेडलाइन बनेको थियो । दुवै धेरै अवसरमा सँगै देखिएका छन् । अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि(वेडिङ सेलिब्रेशनका लागि जामनगर जाँदै गर्दा मुम्बई एयरपोर्टमा दुवैलाई सँगै देखियो । मिडिया रिपोर्टमा उनीहरुको परिवार पनि उनीहरुको सम्बन्धमा खुसी रहेको दाबी गरिएको छ ।

मिडिया रिपोर्टको विश्वास गर्ने हो भने, श्रद्धा र राहुलको भेट फिल्म ‘तू झुठी मै मक्कर’ को समयमा भएको थियो । राहुल यस फिल्मसँग लेखकका रूपमा जोडिएका थिए । फिल्मको सुटिङपछि उनीहरुबीचको सम्बन्ध बलियो भएको छ । फिल्मको छायांकन सकिएपछि दुवैजना एकअर्कासँग सहज भइसकेका थिए । तर उनीहरुलाई आफ्नो सम्बन्धलाई आधिकारिक बनाउन कुनै हतार थिएन ।

लव रञ्जन निर्देशित फिल्म ‘तू झुठी मै मक्कर’ मा श्रद्धा कपुरले रणवीर कपुरसँग स्क्रिन सेयर गरेकी थिइन् । राहुलले ‘प्यार का पंचनामा २’ र ‘सोनु के टिट’की स्वीटीुमा लेखकको रूपमा काम गरिसकेका छन् । सन् २०२२ मा फोटोग्राफर रोहन श्रेष्ठसँग श्रद्धाको ब्रेकअप भएको बताइएको छ । त्यसपछि राहुल उनको जीवनमा आए ।