• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo

श्रद्धा कपुरले राहुलसँगको रिलेसनसिपको पुष्टि गरिन्



एजेन्सी । अभिनेत्री श्रद्धा कपुर आफ्नो पर्सनल लाइफलाई लिएर चर्चामा रहन्छिन् । उनको नाम लामो समयदेखि लेखक राहुल मोदीसँग जोडिएको थियो ।

दुवैले आफ्नो सम्बन्धको बारेमा खुलेर कुरा गरेका छैनन् । तर अभिनेत्रीको सामाजिक सञ्जाल पोस्ट हेर्दा उनले राहुल मोदीसँगको सम्बन्धलाई पुष्टि गरिसकेकी छन् ।

श्रद्धा कपुरले इन्स्टाग्राममा राहुल मोदीसँगको सेल्फी पोस्ट गर्दै क्याप्सन लेखेकी छिन् । मन राख… निन्द्रा फिर्ता देउ साथी ।

यो पहिलो पटक हो जब अभिनेत्रीले राहुल मोदीको लागि आधिकारिक पोस्ट साझा गरेकी छिन् ।

उनीहरुको अफेयरको खबरले लामो समयसम्म हेडलाइन बनेको थियो । दुवै धेरै अवसरमा सँगै देखिएका छन् । अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि(वेडिङ सेलिब्रेशनका लागि जामनगर जाँदै गर्दा मुम्बई एयरपोर्टमा दुवैलाई सँगै देखियो । मिडिया रिपोर्टमा उनीहरुको परिवार पनि उनीहरुको सम्बन्धमा खुसी रहेको दाबी गरिएको छ ।

मिडिया रिपोर्टको विश्वास गर्ने हो भने, श्रद्धा र राहुलको भेट फिल्म ‘तू झुठी मै मक्कर’ को समयमा भएको थियो । राहुल यस फिल्मसँग लेखकका रूपमा जोडिएका थिए । फिल्मको सुटिङपछि उनीहरुबीचको सम्बन्ध बलियो भएको छ । फिल्मको छायांकन सकिएपछि दुवैजना एकअर्कासँग सहज भइसकेका थिए । तर उनीहरुलाई आफ्नो सम्बन्धलाई आधिकारिक बनाउन कुनै हतार थिएन ।

लव रञ्जन निर्देशित फिल्म ‘तू झुठी मै मक्कर’ मा श्रद्धा कपुरले रणवीर कपुरसँग स्क्रिन सेयर गरेकी थिइन् । राहुलले ‘प्यार का पंचनामा २’ र ‘सोनु के टिट’की स्वीटीुमा लेखकको रूपमा काम गरिसकेका छन् । सन् २०२२ मा फोटोग्राफर रोहन श्रेष्ठसँग श्रद्धाको ब्रेकअप भएको बताइएको छ । त्यसपछि राहुल उनको जीवनमा आए ।