२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बई आईपीएल प्लेअफको दौडबाट बाहिरियो, कोलकाताकोे १२ वर्षपछि वानखेडेमा जित



अ+ अ-

काठमाडौँ । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स आईपीएल–२०२४ को प्लेअफको दौडबाट बाहिरिएको छ । टोली कोलकाता नाइट राइडर्ससँग २४ रनले पराजित भयो ।

कोलकाताले मुम्बईलाई १२ वर्षपछि वानखेडे मैदानमा हराएको हो । यस मैदानमा मुम्बईविरुद्ध नाइट राइडर्सको अन्तिम जित सन् २०१२ मा भएको थियो ।

शुक्रबार घरेलु मैदानमा मुम्बईले टस जितेर बलिङ रोजेको थियो । कोलकाता १९.५ ओभरमा १६९ रनमा अलआउट भयो । जवाफमा मुम्बई १८.५ ओभरमा १४५ रनमा अलआउट भयो ।

कोलकाताका मिचेल स्टार्कले ४ विकेट लिए भने वेंकटेश अय्यरले ५२ बलमा ७० रन बनाए । उनी खेलको प्लेयर अफ द म्याच चुनिए ।

केकेआरका तर्फबाट वेंकटेश अय्यरको अर्धशतक बाहेक मनिष पाण्डेले ३१ बलमा ४२ रन बनाए । मुम्बईका नुवान थुसारा र जसप्रित बुमराहले ३–३ विकेट लिए । हार्दिक पाण्ड्याले २ विकेट लिए । एक विकेट पियुष चावलाले लिए ।

एमआईका लागि सूर्यकुमार यादवले ३५ बलमा ५६ रनको अर्धशतक खेले । स्टार्कका अलावा वरुण चक्रवर्ती, सुनिल नारायण र आन्द्रे रसेलले २–२ विकेट लिए ।

१७० रनको लक्ष्य पछ्याएको मुम्बईको सुरुवात राम्रो हुन सकेन । टोलीले पावरप्लेमा ४६ रन बनाउदै शीर्ष ३ विकेट गुमाएको थियो । इशान किशन १३ रन, रोहित शर्मा ११ र नमन धीर ११ रन बनाएर आउट भए । सूर्य एकातर्फ उभिए र अर्को तर्फबाट विकेट झर्दै गयो । तिलक वर्मा ४, नेहल वढेरा ६ र कप्तान हार्दिक पाण्ड्या १ रन बनाएर आउट भए । सूर्यले सातौं विकेटका लागि टिम डेभिडसँग ४९ रनको साझेदारी गरे ।