२६ भाद्र २०८३, शुक्रबार
,
Latest
सिंहदरबारमा प्रधानमन्त्री र उद्योगीबीच २ घण्टा : ‘आरोप लाग्दैमा व्यवसायी नथुन्ने’ प्रधानमन्त्रीको प्रतिबद्धता सरकारले दाउरा खोजी भात पकाएर खाउ भनोस्, ग्यासकै लागि मन्त्री फेर्दै नहिँडोस्ः आशिका तामाङ रसुवा र नुवाकोटका होल्डिङ सेन्टरमा रहेका बाढीपीडितको तत्काल अस्थायी पुनस्र्थापना गर्न माग आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछः मन्त्री पोखरेल अमेरिकीकी कार्यवाहक राजदूत बोल्डिनद्वारा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेटवार्ता रसुवा–भोटेकोशी बाढीको सहयोग विवरण सार्वजनिक गर्न अर्थ मन्त्रालयले ल्यायो पोर्टल संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन: सभापति गगन थापा सांसद कार्कीको प्रश्न– संविधानमा लेखिएको मौलिक हक र नागरिकले पाउने व्यवहारिक सेवामा यति दुरी किन… बाढीपीडितलाई रकम दिएर मात्रै सरकार पन्छिन मिल्दैन : दीपक साह बाढी प्रभावितलाई प्रभावकारी स्वास्थ्य सेवा दिन शिक्षा समितिको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा: इ–जीपी प्रणाली तत्काल सञ्चालनमा ल्याउन सांसद दुलालको माग



अ+ अ-

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सार्वजनिक खरिद प्रक्रियालाई सहज र पारदर्शी बनाउन प्रयोग हुँदै आएको विद्युतीय सरकारी खरिद प्रणाली (इ–जीपी) तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक दुलालले २०७० सालदेखि सञ्चालनमा रहेको इ–जीपी प्रणाली बन्द हुँदा सङ्घ, प्रदेश र स्थानीय तहका सार्वजनिक खरिद तथा ठेक्का प्रक्रिया प्रभावित भएको भन्दै सभामुखमार्फत सरकारको ध्यानार्कषण गराउनुभयो ।

“भदौ, असोज, कात्तिकलगायतका महिनामा सरकारका सार्वजनिक खरिदका ठेक्का लगाउने समय हो । तीन तहका सरकारअन्तर्गतका सयौँ सार्वजनिक खरिद प्रक्रिया अहिले प्रभावित भएका छन,” प्रमुख सचेतक दुलालले भन्नुभयो । उहाँले इ–जीपी प्रणाली ह्याक भएको भनिएको विषयमा छानबिन गरी दोषीमाथि कारबाही गर्नसमेत माग गर्नुभयो ।

“सरकारले इ–जीपी प्रणाली तत्काल पूर्णरूपमा सञ्चालनमा ल्याउनुपर्छ,” प्रमुख सचेतक दुलालले भन्नुभयो ।




भर्खरै