२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

छात्राको शरिरबाट गोलि निकालियो, कस्तो छ अहिले अवस्था ?



अ+ अ-

काठमाडौँ । झापाको दमकमा आक्रमणमा परी गम्भीर घाइते भएकी छात्रा एनिका अधिकारीको शरीरमा लागेको गोली निकालिएको छ । परीक्षा दिएर फर्किँदै गरेकी एनिकालाई आज दिउँसो सिरहा घर भएका अमितकुमार यादवले गोली हानेका थिए ।

उनको नाभि छेउमा गोली लागेको थियो । दमकस्थि लाइफ लाइन अस्पतालका चिकित्सकले शल्यक्रिया गरी गोली निकालेका छन् । एनिका दमकस्थित हिमालय माध्यमिक विद्यालयमा कक्षा १२ मा मानविकी संकायमा अध्ययनरत थिइन् ।

एनिकाको अवस्था खतरामुक्त रहेको बताइएको छ । एनिका ११ कक्षामा अध्ययन गर्न सो विद्यालयमा आएकी थिइन् । घटनामा संलग्न भनिएका यादव उदयपुरमा शिक्षकको रूपमा कार्यरत थिए । एनिकाले ती व्यक्तिले आफूलाई पढाएको बताएकी छन् ।

अस्पतालकै बेडबाट एनिकाले बोलेको भिडियो सार्वजनिक भएको छ । भिडियोमा एनिकाले आफूलाई उनले पढाएको र दमक आएपछि पनि यादवसँग एक–दुई पटक भेट भएको बताएकी छन् ।

गोली हान्नुको कारण पत्ता लागिसकेको छैन । यसबारे प्रहरीले अनुसन्धान थालिरहेको जनाएको छ ।