२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ प्रशिक्षक नेपाल आए



अ+ अ-

काठमाडौं । खुला प्रतिस्पर्धाबाट प्रशिक्षकको जिम्मेवारी सुम्पिएको नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार अस्ट्रेलियाली प्रशिक्षक डेभ वाटमोरलाई स्वागत गरेको छ । एक कार्यक्रमको आयोजना गरेर क्यानले नवनियुत्त प्रशिक्षक वाटमोरलाई जिम्मेवारी सुम्पिएको हो । 

भारतीय प्रशिक्षक उमेश पटवालको बर्हिगमन पछि रिक्त भएको पदमा अस्ट्रेयाली प्रशिक्षक डेभ वाटमोर, नेपाली टोली सम्हाल्न नेपाल आउनुभएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक कार्यक्रम गरी प्रशिक्षकलाई औपचारिक रुपमा सार्वजनिक गरेको हो । सार्वजनिक गरेको कार्यक्रममा नवनियुक्त प्रशिक्षक वाटमोरले २०१८ मा नेपालले पाएको एक दिवसीयको मान्यतालाई जोगाउन प्रयास गर्ने बताउनुभयो ।

यस अघि पनि प्रशिक्षकको जिम्मेवारी सम्हालिसक्नुभएका प्रशिक्षक वाटमोरले १९९० यता पाकिस्तान, बंगलादेश, श्रीलंका र जिम्बावेलगायत टोलीको मुख्य प्रशिक्षक भएर काम गरिसक्नुभएको छ । सन १९९६ मा श्रीलंकाले एकदिवशीय विश्वकप क्रिकेटको उपाधि जित्दा वाटमोर टोलीका मुख्य प्रशिक्षक हुनुहुन्थ्यो । तर सन् २०१६ को ट्वान्टी–२० विश्वकपमा जिम्बावेले कमजोर प्रदर्शन गरेपछि त्यहाँको क्रिकेट संघले वाटमोरलाई बर्खास्त गरेको थियो । उनै प्रशिक्षकलाई क्यानले जनवरी १ तारिखदेखि लागू हुने गरी नियुक्त गरेको हो । एक वर्षे सम्झौतामा नेपाल आउनुभएका वाटमोरले युवा र अनुभवि खेलाडीलाई संयोजन गरी टोलीलाई  प्रशिक्षण दिन बताउनुभयो ।

व्यक्तिगत क्रिकेट करियरमा  वाटमोरले अस्ट्रेलियाका लागि सात टेस्ट र एउटा एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट खेल खेल्नुभएको छ । नेपाली टोलीले प्राप्त गरेको एक दिवसीय मान्यतालाई जोगाई राख्ने, ग्रासरुट लेभल र यु–१९ तथा महिला टोलीको कन्सल्टेन्ट रुपमा सहयोग गर्ने विषयमा छलफल भएको क्यानका सचिव अशोक नाथ प्याकुरेलले जानकारी दिनुभयो ।

नवनियुक्त प्रशिक्षक वाटमोरले बिहीबार कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको मैदान भ्रमण गर्नुभएको छ ।