१९ फाल्गुन २०८१, सोमबार
March 3, 2025 Monday

22.27°C

काठमाडौं

22.27°C

Kathmandu

Feels-like: 21.52

Wind: 2.57

Humidity: 37

Latest
‘लाज शरणम्’लाई ‘अफ डे’मा पनि दर्शकको राम्रो साथ नेपाल वन प्राविधिक परिषद् गठन गर्न माग जापानी जङ्गलमा लागेको डढेलो नियन्त्रणका लागि १७ हजार अग्निनियन्त्रक परिचालित गोरखामा मनकामना दर्शनार्थी सवार माइक्रोबस दुर्घटना, एक जनाको मृत्यु, १४ घाइते देशभर गर्मी बढ्दै, भैरहवाको तापक्रम ३४ डिग्री सेल्सियस पुग्ने अनुमान पशुपतिको बालुवाखानीमा भ्रष्टाचारः पूर्वएलडीओसहित तीनजना पक्राउ प्रधानमन्त्रीसँग अन्तर्राष्ट्रिय गोलरक्षक बुफनको भेट रारा घुम्न आएका पर्यटकको लेक लागेर मृत्यु भारत र न्यूजिल्याण्डको खेलका रोचक क्षणहरूः फिलिप्सले ०.६२ सेकेन्डमा क्याच गरे, कोहलीले अक्षरको खुट्टा ढोगे स्वयम्भूस्थित प्रतापपुर र अनन्तपुर मन्दिरको जीर्णोद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको आक्रोस- केहीले पित पत्रकारिता गरेका छन् ती नर्क जान्छन् (भिडियो सहित)



अ+ अ-

 काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले केही संञ्चार माध्यामले जनतालाई दिग्भ्रमित पारिरहेको आरोप लगाउनु भएको छ । प्रेस सङ्गठनको आफू निकट पत्रकारहरुको दोस्रो राष्ट्रिय भेलालाई राष्ट्रिय सभागृहमा संवोधन गर्दै उहाँले भन्नुभयो 'अहिले देशको ठुलो समस्या पीत पत्रकारिता भएको छ, पीत पत्रकारिताबाट सावधान हुन म सबैलाई आग्रह गर्दछु ।' 

प्रेस सङ्गठनको दोस्रो राष्ट्रिय भेलालाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले केही पत्रकारहरूले झुटको खेती गरिरहेको बताउनुभयो । उहाँले महात्मा गान्धीको उदाहरण दिँदै भन्नुभयो, 'महात्मा गान्धीका तीन बाँदर जस्तै छन् केही सञ्चारमाध्यम, राम्रोकुरा देख्न परे बरु आँखा छोप्छु भन्न थालेका छन् ।  राम्रो सुन्नु परे बरु कान थुन्छु, राम्रो बोल्नु परे बरु मुख थुन्छु भन्ने छ उनीहरुको' प्रधानमन्त्री ओलीले बताउनुभयो ।  

प्रधानमन्त्री ओलीले नेपालका कतिपय मिडियाले जहिल्यै झुटो छाप्ने र जनतलाई दिग्भ्रमित पारिरहेका छन्, त्यस्ता मिडियाबाट जनता र देशलाई जोगाउनु पर्ने अवस्था अएको उहाँले बताउनुभयो । 

उहाँले पीत पत्रकारिता राष्ट्रिय हितमा नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ती व्यक्तिहरु पैसाका लागि स्वार्थमा फसेका छन्,  उनीहरु आत्मा बेचेकाहरू हुन् र नर्कमा जान सक्छन् । 

प्रधानमन्त्री ओलीले भनेका छन् जब मान्छेले आत्मा बेच्छ, त्यो ज्युँदै नर्क जान्छ, आज त्यो कोटिमा पत्रकारहरु नै परेका छन् ।