११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन वैकल्पिक लाइनबाट नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको आक्रोस- केहीले पित पत्रकारिता गरेका छन् ती नर्क जान्छन् (भिडियो सहित)



अ+ अ-

 काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले केही संञ्चार माध्यामले जनतालाई दिग्भ्रमित पारिरहेको आरोप लगाउनु भएको छ । प्रेस सङ्गठनको आफू निकट पत्रकारहरुको दोस्रो राष्ट्रिय भेलालाई राष्ट्रिय सभागृहमा संवोधन गर्दै उहाँले भन्नुभयो 'अहिले देशको ठुलो समस्या पीत पत्रकारिता भएको छ, पीत पत्रकारिताबाट सावधान हुन म सबैलाई आग्रह गर्दछु ।' 

प्रेस सङ्गठनको दोस्रो राष्ट्रिय भेलालाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले केही पत्रकारहरूले झुटको खेती गरिरहेको बताउनुभयो । उहाँले महात्मा गान्धीको उदाहरण दिँदै भन्नुभयो, 'महात्मा गान्धीका तीन बाँदर जस्तै छन् केही सञ्चारमाध्यम, राम्रोकुरा देख्न परे बरु आँखा छोप्छु भन्न थालेका छन् ।  राम्रो सुन्नु परे बरु कान थुन्छु, राम्रो बोल्नु परे बरु मुख थुन्छु भन्ने छ उनीहरुको' प्रधानमन्त्री ओलीले बताउनुभयो ।  

प्रधानमन्त्री ओलीले नेपालका कतिपय मिडियाले जहिल्यै झुटो छाप्ने र जनतलाई दिग्भ्रमित पारिरहेका छन्, त्यस्ता मिडियाबाट जनता र देशलाई जोगाउनु पर्ने अवस्था अएको उहाँले बताउनुभयो । 

उहाँले पीत पत्रकारिता राष्ट्रिय हितमा नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ती व्यक्तिहरु पैसाका लागि स्वार्थमा फसेका छन्,  उनीहरु आत्मा बेचेकाहरू हुन् र नर्कमा जान सक्छन् । 

प्रधानमन्त्री ओलीले भनेका छन् जब मान्छेले आत्मा बेच्छ, त्यो ज्युँदै नर्क जान्छ, आज त्यो कोटिमा पत्रकारहरु नै परेका छन् ।