३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ३१.८७ अंकले उकालो



अ+ अ-

काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ३१.८७ अंकले बढेर २३७४.६४ विन्दुमा बन्द भएको छ । यो दिन २ हजार ३७२ दशमलव ८६ विन्दुदेखि खुला भएको बजार २ हजार ३७६ विन्दुसम्म पुगेको थियो । बजार बन्द हुँदा अघिल्लो कारोबार दिनभन्दा ३१ दशमलव ८७ अंक बढेर २ हजार ३७४ दशमलव ६४ विन्दु कायम भएको छ । यो दिन सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ५९ अंक बढेर ४४५ दशमलव ५९ विन्दुमा पुगेको छ ।

बिहीबार २०९ ओटा कम्पनीको ६९ हजार ३३३ पटकको व्यापारमा रू. ७ अर्ब ७९ करोड ८५ लाख २८ हजार बराबरको १ करोड ८१ लाख ५ हजार ६७१ कित्ता शेयर कारोबार भएको छ । यस दिन पनि सर्वाधिक रकमको कारोबार नेपाल लाईफ इन्स्योरेन्सको भएको छ । कम्पनीको रू. ५३ करोड ३३ लाख १२ हजार बराबरको शेयर कारोबार भएको हो । यस दिन उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २३ ले बढेर अन्तिम मूल्य रू. २ हजार ९०८ पुगेको छ । 

बिहीबारको बजारमा बैंकिङ र म्यचुअल फण्ड वाहेकका सबै परिसूचक बढेको छ । यो दिन बैंकिङको शून्य दशमलव २२ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ४३ प्रतिशतले परिसूचक घटेको हो ।

यस दिन निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक ४ दशमलव ९४ प्रतिशतले बढेको छ । त्यस्तै लघुवित्तको ४ प्रतिशत, जलविद्युतको ३ दशमलव ७७ प्रतिशत, वित्तको २ दशमलव ८४ प्रतिशत, जीवन बीमाको २ दशमलव ७१ प्रतिशत, विकास बैंकको १ दशमलव २४ प्रतिशत, अन्यको शून्य दशमलव ९६ प्रतिशत, होटलको शून्य दशमलव ६८ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ४४ प्रतिशत र व्यापारिकको शून्य दशमलव शून्य ८ प्रतिशत परिसूचक बढेको छ । यो दिन सर्पोट माइक्रोफाइनान्सको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।

यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १३८ ले बढेर अन्तिम मूल्य रू. १ हजार ५१८ पुगेको हो । उच्च दोहोरो अंकले बढेको बजारमा नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य सर्वाधिक ६ दशमलव ७० प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५० ले घटेर अन्तिम मूल्य रू. ६९६ मा झरेको हो ।