१० भाद्र २०८३, बुधबार
,
Latest
राहत–उद्धारका हेलिकप्टरमा इन्धन भर्न त्रिशूलीमा हवाई इन्धनसहितको ट्यांकर परिचालन विपद्पछि उद्धारमा सरकारको तीव्रता, तीन हेलिकप्टरसहित सुरक्षा निकाय फिल्डमा रसुवा बाढीपछि प्रतिनिधिसभाको बैठक संक्षिप्त बनाउने तयारी पूर्वराष्ट्रपति भण्डारीद्वारा बाढी प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह रसुवा बाढीको क्षतिबारे ब्रिफिङ, उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन सभामुख अर्यालद्वारा बाढी प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह रसुवाको बाढीपछि उच्च सतर्कता अपनाउन सभापति थापाको आग्रह रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलमानको घरमा गोलीबारी काण्डका आरोपीले प्रहरी हिरासतमै आत्महत्या गरे



अ+ अ-

एजेन्सी । सलमान खानको घरमा गोली चलाउनेहरूलाई हतियार उपलब्ध गराएको आरोप लागेका अनुज थापानले मुम्बई प्रहरीको हिरासतमा आत्महत्या गरेका छन् ।

उनले तन्ना (चादर) को सहायताले आत्महत्या गरेका हुन् । निकै गम्भीर अवस्थामा अनुजलाई अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

मुम्बई क्राइम ब्रान्चले गोलीबारीमा संलग्न अनुज (३२) र सुभाष चन्द्र (३७)लाई पञ्जाबबाट अप्रिल २५ मा पक्राउ गरेको थियो । दुवैले यो घटनाका लागि हतियार उपलब्ध गराएको थियो ।

दुवै आरोपी पञ्जाबको अबोहरका बासिन्दा हुन् । आत्महत्या गरेका अनुज गाउँकै ट्रकमा हेल्परको काम गर्थे ।

दोस्रो अभियुक्त सुभाष किसान हुन् । दुवै आरोपीविरुद्ध पञ्जाब र हरियाणामा धेरै मुद्दा दर्ता छन् । दुवैले धेरै वर्षदेखि लरेन्स बिश्नोईसँग काम गरिरहेका थिए ।

अनुज र सुभाषले अप्रिल १५ मा पनवेलका सागर पाल र विक्की गुप्ता नामका केटालाई दुईवटा पेस्तोल दिएका थिए । यही पेस्तोलको सहयोगमा विक्की र सागरले सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्टमा गोली प्रहार गरेका थिए ।

विक्की र सागर गुजरातको भुजबाट पक्राउ परेका थिए भने अनुज र सुभाषलाई पञ्जाबबाट पक्राउ गरिएको थियो ।

सलमान खानको घरमा भएको गोलीकाण्डमा दोषीमाथि मकोकाको धारा लगाइएको छ । यसबाहेक मुख्य षड्यन्त्रकारी अनमोल बिश्वोई र लरेन्स बिश्नोईमाथि पनि मकोका लगाइएको छ ।

कुल ६ अभियुक्तलाई मकोका लगाइएको छ । मकोका लागु भएपछि अभियुक्तले छिट्टै धरौटी पाउन सक्ने छैनन् । मकोका अन्तर्गत न्यूनतम सजाय ५ वर्ष जेल रहेको छ ।