२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलमानको घरमा गोलीबारी काण्डका आरोपीले प्रहरी हिरासतमै आत्महत्या गरे



अ+ अ-

एजेन्सी । सलमान खानको घरमा गोली चलाउनेहरूलाई हतियार उपलब्ध गराएको आरोप लागेका अनुज थापानले मुम्बई प्रहरीको हिरासतमा आत्महत्या गरेका छन् ।

उनले तन्ना (चादर) को सहायताले आत्महत्या गरेका हुन् । निकै गम्भीर अवस्थामा अनुजलाई अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

मुम्बई क्राइम ब्रान्चले गोलीबारीमा संलग्न अनुज (३२) र सुभाष चन्द्र (३७)लाई पञ्जाबबाट अप्रिल २५ मा पक्राउ गरेको थियो । दुवैले यो घटनाका लागि हतियार उपलब्ध गराएको थियो ।

दुवै आरोपी पञ्जाबको अबोहरका बासिन्दा हुन् । आत्महत्या गरेका अनुज गाउँकै ट्रकमा हेल्परको काम गर्थे ।

दोस्रो अभियुक्त सुभाष किसान हुन् । दुवै आरोपीविरुद्ध पञ्जाब र हरियाणामा धेरै मुद्दा दर्ता छन् । दुवैले धेरै वर्षदेखि लरेन्स बिश्नोईसँग काम गरिरहेका थिए ।

अनुज र सुभाषले अप्रिल १५ मा पनवेलका सागर पाल र विक्की गुप्ता नामका केटालाई दुईवटा पेस्तोल दिएका थिए । यही पेस्तोलको सहयोगमा विक्की र सागरले सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्टमा गोली प्रहार गरेका थिए ।

विक्की र सागर गुजरातको भुजबाट पक्राउ परेका थिए भने अनुज र सुभाषलाई पञ्जाबबाट पक्राउ गरिएको थियो ।

सलमान खानको घरमा भएको गोलीकाण्डमा दोषीमाथि मकोकाको धारा लगाइएको छ । यसबाहेक मुख्य षड्यन्त्रकारी अनमोल बिश्वोई र लरेन्स बिश्नोईमाथि पनि मकोका लगाइएको छ ।

कुल ६ अभियुक्तलाई मकोका लगाइएको छ । मकोका लागु भएपछि अभियुक्तले छिट्टै धरौटी पाउन सक्ने छैनन् । मकोका अन्तर्गत न्यूनतम सजाय ५ वर्ष जेल रहेको छ ।