२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइबरमाथी एटलेटिको म्याड्रिडको जित, शीर्ष स्थानमा मजबुती कायम



अ+ अ-

म्याड्रिड । बिहीबार स्पेनी ला लिगामा एटलेटिको म्याड्रिडले आइबरलाई २–१ ले हराएको छ । लुइस स्वारेजले दुई गोल गरेपछि एटलेटिको म्याड्रिडले जित आफ्नो भागमा पार्न सफल रह्यो । यो नतिजासँगै टोलीले शीर्ष स्थानमा आफ्नो पकड अझ मबजुत बनायो ।

यो जितपछि एटलेटिकोले शीर्ष स्थानमा सात अंकको अग्रता पनि खोलेको छ । आइबरले गोलरक्षक मार्को डिमिट्रोभिचको गोलले अग्रता लिएको थियो । उनले पेनाल्टीबाट आफ्नो खेल जीवनको पहिलो गोल गरे ।

त्यसपछि स्वारेजले दुई गोल थपे । उनको विजयी गोल ८९ औं मिनेटमा सम्भव भएको थियो । बिहीबारको अर्को खेलमा भ्यालेन्सिया र ओसासुनाले १–१ को बराबरी खेले ।