काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ सामान्य रुपमा घटेको छ । सुनको मुल्य प्रति तोलामा रु २ सयले घटेको हो ।
हिजो (बिहीवार) सुनको मुल्य प्रति तोला रु ९३ हजार १ सयमा कोरोबार भएको थियो भने आज रु २ सयले घटेर छापावाला सुनको मुल्य रु ९२ हजार ९ सय र तेजावी सुनको मुल्य प्रति तोला रु ९२ हजार ४ सयमा कोरोबार भईरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको हो ।
त्यस्तै चाँदीको मुल्य भने प्रति तोला रु १२ सय ६० रुपैयाँमा कोरबार भइरहेको महासंघले जनाएको छ ।








