२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा टेलिकमको नयाँ अफर



अ+ अ-

काठमाडौं । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२४ को अवसरमा नेपाल टेलिकमले आइसिटी डे अफर उपलब्ध गराएको छ ।

यस वर्ष समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चारं भन्ने मूल नारा सहित भोलि वैशाख २० गते राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै छ ।

टेलिकमको अफर आजदेखि सुरु भएर वैशाख २१ गतेसम्म लागू हुनेछ ।

यस अफरअन्तर्गत ४९ रूपैयाँमा १ दिन चलाउन सकिने १ एमबिपिएस अनलिमिटेड डेटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ ।

यसैगरी डेटा प्याकेज अन्तर्गत १११ रूपैयाँमा ५ दिन चलाउन सकिने ६ जिबी डेटा, १९९ रूपैयाँमा ७ दिन चलाउन सकिने १३ जिबी डेटा, २९९ रूपैयाँमा १२ दिन चलाउन सकिने २० जिबी डेटा र ३९९ रूपैयाँमा १५ दिन चलाउन सकिने ३० जिबी डेटा प्याकेज उपलब्ध हुनेछ ।

यही अफरअन्तर्गत ७८९ रूपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने नेपाल टेलिकमले जनाएको छ ।

यस्तै प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जिबी डेटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुन्छ ।