२ श्रावण २०८३, शनिबार
,
Latest
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ ब्राउन सुगरसहित एक जना पक्राउ शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट चीनको चोङकिङमा पहिरोः सात जनाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँदिल्लीको रोडको नाम सुशान्तसिंह राजपुत मार्ग राखिने



अ+ अ-

एजेन्सी । भारतीय राजधानी नयाँदिल्लीमा एउटा रोडको नाम दिवंगत अभिनेता सुशान्तसिंह राजपुतको नामबाट राखिने भएको छ। दक्षिणी दिल्लीको एन्ड्रुगन्जदेखि इन्दिरा क्याम्पससम्मको रोडको नाम सुशान्तसिंह राजपुत मार्ग राख्ने निर्णय स्थानीय परिषदले गरेको हो।

उक्त रोडमा धेरैजसो मानिसहरू बिहारबाट बसाइँ सरेर आएका छन् । स्थानीयहरूले सुशान्तको सम्झनामा सडकको नाम उनको नामबाट राख्न खोजेको हो। 

सुशान्त बिहारको राजधानी पटनामा जन्मिएका थिए। गत जुनमा बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा मृत फेला परेका राजपुत बिहीबार ३५ वर्षका पुग्ने थिए। जन्मदिनमा उनका समर्थकले राजपुतलाई सम्झिएका छन्।

राजपुतले भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको वायोपिकमा मुख्य भूमिका निर्वाह गरेका थिए। भारतीय टेलिश्रृंखलाहरूमा जमेका राजपुतले सन् २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए।

पछिल्लो समय उनले सारा अली खानसँग केदारनाथ र श्रद्धा कपुरसँग खेलेको फिल्म छिछोरेले दर्शको मनमा बस्न सफल भएको थियो ।

राजपुतको असामयिक निधनपछि उनले आत्महत्या गरेका नभई बलिउडको व्यवहार र उनको सम्बन्धले आत्महत्या गर्न बाध्य पारेको हो भन्दै ठूलो बहस भएको थियो।