• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   साढे दुई कट्ठामा १४ क्विन्टल धान उत्पादन ★   बझाङ्गको चैनपुरमा प्रभु बैंकको ३०४ औ शाखा सञ्चालनमा ★   ‘सार्वजनिक बिदाका दिन पनि सरकारी कार्यालय खुल्छन्’ ★   ललितपुर महानगरका मेयर महर्जनको प्रशंसा नगरी बस्न सक्दिन: राप्रपा सांसद कार्की ★   राष्ट्रिय ललितकला प्रदर्शनी: तीस हजार बढीले अवलोकन गरे ★   युरो कप आजदेखि सुरु, जर्मनी र स्कटल्यान्ड भिड्दै ★   फिस्लिङ दुर्घटना अपडेट: उपचारका क्रममा चालकको मृत्यु ★   काठमाडौंवासी खानेपानीको अभावमा मर्ने दिन आउँदैछ: प्रेम सुवाल ★   पशुपति विकास कोषलाई दुहुनो गाई बनाइएको छ: सांसद सिंह ★   दुई जिल्लाको सिमानामा जडीबुटी अनुसन्धान केन्द्र

टी–२० विश्वकपका लागि बटलरको कप्तानीमा इंग्ल्याण्डको टोली घोषणा



एजेन्सी । इंग्ल्याण्डले २०२४ को टी–२० विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । मंगलबार इङ्ल्यान्ड क्रिकेट बोर्डले आफ्नो प्रारम्भिक टोलीको घोषणा गरेको हो ।

जसमा फास्ट बलर जोफ्रा आर्चर लामो समयपछि टोलीमा फर्किएका छन् । टी–२० विश्वकप जुन १, २०२४ देखि वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुँदैछ ।

इंग्ल्याण्डले यस मेगा इभेन्टका लागि आफ्नो टोली घोषणा गरेको छ, जसमा जोस बटलरलाई टोलीको कमाण्ड दिइएको छ भने जोफ्रा आर्चर र क्रिस जोर्डन टोलीमा फर्किएका छन् । यसमा सहभागी सबै इंग्ल्याण्ड खेलाडीहरूले मे महिनामा पाकिस्तान विरुद्धको चार खेलको टी–२० आई शृंखलामा भाग लिनेछन् ।

पाकिस्तानी टोलीसँग इंग्ल्याण्डले आफ्नो अन्तिम टी–२० मे ३० मा खेल्नेछ । त्यसपछि इंग्ल्याण्डको टोली विश्वकप खेल्न अमेरिका–वेस्ट इन्डिज जानेछ । जोस बटलरको कप्तानीमा रहेको इंग्ल्याण्डको टोलीले जुन ४ मा स्कटल्याण्ड, जुन ८ मा अष्ट्रेलिया, जुन १३ मा ओमान र १५ जुनमा नामिबियासँग खेल्नेछ ।

इंग्ल्याण्डको टोलीः
जोस बटलर (कप्तान), मोइन अली, जोफ्रा आर्चर, जोनी बेयरस्टो, ह्यारी ब्रुक, साम करन, बेन डकेट, टम हार्टले, विल ज्याक, क्रिस जोर्डन, लियाम लिभिङस्टोन, आदिल राशिद, फिल साल्ट, रीस टोपले र मार्क वुड ।