१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो

टी–२० विश्वकप: युगान्डाका खेलाडिलाई आएको थियो म्याच फिक्सिङको अफर

टी–२० विश्वकप: युगान्डाका खेलाडिलाई आएको थियो म्याच फिक्सिङको अफर
अ अ+ अ-

एजेन्सी । क्रिकेटमा म्याच फिक्सिङको खबरले फेरी माहौल तातेको छ । टी–२० विश्वकप २०२४ मा म्याच फिक्सिङको एउटा मुद्दा बाहिर आएको छ, जसलाई आईसीसीले तुरुन्तै समाधान गरेको छ ।

केन्याका एक पूर्व खेलाडीले जारी विश्वकपमा युगाण्डाका एक खेलाडीलाई फिक्सिङको लागि सम्पर्क गरेको बताईएको छ । पीटीआई रिपोर्टका अनुसार, लिग चरणको क्रममा केन्याका पूर्व फास्ट बलरले युगान्डा टोलीका सदस्यलाई विभिन्न नम्बरहरूबाट बारम्बार सम्पर्क गरेका थिए।

आईसीसीको कडा भ्रष्टाचार विरोधी प्रोटोकललाई ध्यानमा राख्दै, युगान्डा खेलाडीले साइट मार्फत एसियू अधिकारीहरूलाई तत्काल जानकारी दिएका थिए। खबरपछि आईसीसीले यो मामेला चाँडै समाधान गरेको छ।

युगान्डाका खेलाडीलाई वेस्ट ईन्डिजको गुयानामा हुने खेलको लागि अफर आएको थियो । युगान्डाले गुयानामा आफ्ना चारमध्ये तीन खेल खेलेको थियो । युगान्डाले पपुवा न्युगिनीलाई हराएको थियो भने अफगानिस्तान, न्युजिल्यान्ड र वेस्ट इन्डिजसँग हार बेहोरेको थियो ।

आईसीसीको भ्रष्टाचार विरुद्धको संहिता अनुसार भ्रष्टाचारको जानकारी आईसीसीलाई नदिनु अपराध हो । अन्य अपराधहरूमा म्याच फिक्सिङ, सट्टेबाजी, आन्तरिक जानकारीको दुरुपयोग र अनुसन्धानमा सहयोग गर्न असफलता समावेश छ।

२०११ को एकदिवसीय विश्वकपमा तत्कालीन २० वर्षीय क्यानेडियन खेलाडी हम्जा तारिकलाई पनि म्याच फिक्सिङको लागि सम्पर्क गरेको थियो। उनले यसबारे अधिकारीहरूलाई तत्काल जानकारी गराएका थिए।