• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

टीम इन्डियाको मुख्य प्रशिक्षक बन्न गौतम गम्भीरले अन्तर्वार्ता दिँदै



एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले पुरुष भारतीय क्रिकेट टोलीका लागि मुख्य प्रशिक्षकको खोजी गरिरहेको छ । यसको दाबेदारको लागि पूर्व भारतीय ब्याट्सम्यान गौतम गम्भीरको उम्मेदवार दिईएका बताईएको छ। भारतीय मिडियाको अनुसार गम्भीर टीम ईन्डियाको मुख्य प्रशिक्षक बन्ने एक मात्र उम्मेदवार हुन् र आज उनको अन्तर्वार्ता हुने भएको छ।

इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार बीसीसीआईको क्रिकेट सल्लाहकार समिति (सीएसी) ले जूम कल मार्फत गौतम गंभीरको अन्तर्वार्ता लिनेछ। यस समितिमा अशोक मल्होत्रा, जतिन पराञ्जपे र सुलक्षणा नाइक रहेका छन् । यद्यपी यस सम्बन्धमा अहिलेसम्म आधिकारिक जानकारी भने आएको छैन ।

अहिले राहुल द्रविड भारतीय टोलीका मुख्य प्रशिक्षक छन् । द्रविडको कार्यकाल २०२४ को टी–२० विश्वकपपछि समाप्त हुनेछ । बीसीसीआईले मे १३ मा मुख्य प्रशिक्षकका लागि आवेदन फारम जारी गरेको थियो, जसको अन्तिम मिति मे २७ थियो। राहुल द्रविडले फेरि टिम इन्डियाको मुख्य प्रशिक्षक बन्ने इच्छा व्यक्त गरेका छैनन् ।

गम्भीरले आफ्नो अन्तर्राष्ट्रिय करियरमा ५८ टेस्ट, १४७ एकदिवसीय र ३७ टी–२० खेल खेले। टेष्टका १०४ इनिङ्समा उनले ४१.९५ को औसतमा ४१५४ रन बनाए, जसमा ९ शतक र २२ अर्धशतक समावेश छ। यसबाहेक एकदिवसीयका १४३ इनिङ्समा उनले ३९्६८ को औसतमा ५२३८ रन बनाए, जसमा ११ शतक र ३४ अर्धशतक समावेश छ। टी२० अन्तर्राष्ट्रियको बाँकी ३६ इनिङ्समा उनले २७.४१ को औसत र ११९.०२ को स्ट्राइक रेटमा ९३२ रन बनाएका छन्, जसमा ७ अर्धशतक समावेश छ।

गम्भीरले २०२४ को आईपीएलमा कोलकाता नाइट राइडर्सका लागि मेन्टरको भूमिका खेलेका थिए। उनी टीम इन्डियाको कोच बनेको खण्डमा केकेआरसँगको सम्बन्ध अन्त्य गर्नुपर्नेछ ।