११ श्रावण २०८३, सोमबार
,
Latest
सुनसरी घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुखहरू फिर्ता, छानबिन समिति गठन दोषीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मीद्वारा घण्टाघारमा प्रदर्शन ‘पत्रकारको हकहित संरक्षण गर्न मधेस प्रदेश सरकार प्रतिबद्ध छ’ सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्ने निर्णय नारायणी घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी हरेक फौजदारी मुद्दामा पीडितका लागि क्षतिपूर्ति दाबी गरिने : महान्यायाधिवक्ता कँडेल बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै नेपालका पाँच खेलाडी ३२ औं विश्व चिल्ड्रेन्स बेसबलमा सहभागी हुने ‘शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ’ बजारमा खाना पकाउने ग्याँसको अभाव छैन: मन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपका लागि बटलरको कप्तानीमा इंग्ल्याण्डको टोली घोषणा



अ+ अ-

एजेन्सी । इंग्ल्याण्डले २०२४ को टी–२० विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । मंगलबार इङ्ल्यान्ड क्रिकेट बोर्डले आफ्नो प्रारम्भिक टोलीको घोषणा गरेको हो ।

जसमा फास्ट बलर जोफ्रा आर्चर लामो समयपछि टोलीमा फर्किएका छन् । टी–२० विश्वकप जुन १, २०२४ देखि वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुँदैछ ।

इंग्ल्याण्डले यस मेगा इभेन्टका लागि आफ्नो टोली घोषणा गरेको छ, जसमा जोस बटलरलाई टोलीको कमाण्ड दिइएको छ भने जोफ्रा आर्चर र क्रिस जोर्डन टोलीमा फर्किएका छन् । यसमा सहभागी सबै इंग्ल्याण्ड खेलाडीहरूले मे महिनामा पाकिस्तान विरुद्धको चार खेलको टी–२० आई शृंखलामा भाग लिनेछन् ।

पाकिस्तानी टोलीसँग इंग्ल्याण्डले आफ्नो अन्तिम टी–२० मे ३० मा खेल्नेछ । त्यसपछि इंग्ल्याण्डको टोली विश्वकप खेल्न अमेरिका–वेस्ट इन्डिज जानेछ । जोस बटलरको कप्तानीमा रहेको इंग्ल्याण्डको टोलीले जुन ४ मा स्कटल्याण्ड, जुन ८ मा अष्ट्रेलिया, जुन १३ मा ओमान र १५ जुनमा नामिबियासँग खेल्नेछ ।

इंग्ल्याण्डको टोलीः
जोस बटलर (कप्तान), मोइन अली, जोफ्रा आर्चर, जोनी बेयरस्टो, ह्यारी ब्रुक, साम करन, बेन डकेट, टम हार्टले, विल ज्याक, क्रिस जोर्डन, लियाम लिभिङस्टोन, आदिल राशिद, फिल साल्ट, रीस टोपले र मार्क वुड ।