११ श्रावण २०८३, सोमबार
,
Latest
सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै सभापति थापाद्वारा संयम अपनाउन अपिल देवानगञ्ज घटनामा मृतकप्रति मुख्यमन्त्री कार्कीको श्रद्धाञ्जली, सामाजिक सद्भाव कायम राख्न आग्रह इतिहास लेखनलाई तथ्यमा आधारित बनाउन सर्वमान्य संयन्त्र गठन गर्नुपर्छः सांसदहरू पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस भाषा, संस्कृति र इतिहास संरक्षणमा राज्य गम्भीर बन्नुपर्छः उपाध्यक्ष भण्डारी समृद्धिका लागि कानून वाधक बन्न हुँदैनः मन्त्री गौतम सुनसरी घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुखहरू फिर्ता, छानबिन समिति गठन दोषीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मीद्वारा घण्टाघारमा प्रदर्शन ‘पत्रकारको हकहित संरक्षण गर्न मधेस प्रदेश सरकार प्रतिबद्ध छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोहितको कप्तानीमा टी–२० विश्वकपका लागि भारतीय टोली घोषणा, शुभमन गिल र रिंकु सिंह परेनन्



अ+ अ-

काठमाडौँ । जुन १ देखि सुरु हुने टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा गरिएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले मंगलबार रोहित शर्माको कप्तानीमा हुने प्रतियोगिताका लागि १५ सदस्यीय टोली सार्वजनिक गरेको हो ।

आईपीएलमा राम्रो ब्याटिङ गरिरहेका सञ्जु सामसन र ऋषभ पन्त विकेटकिपरका रुपमा छनोट भएका छन् । हार्दिक पाण्ड्यासँगै शिवम दुबे पनि पेस बलिङ अलराउन्डरको विधामा छनोट भएका छन् ।

शुभमन गिल र रिंकु सिंहले मुख्य टोलीमा स्थान बनाउन सकेका छैनन् । यिनीहरूलाई ट्राभलिङ रिजर्भको हिस्सा बनाइएको छ ।

टी–२० विश्वकप २०२४ का लागि भारतीय टोलीः रोहित शर्मा (कप्तान), हार्दिक पाण्ड्या (उपकप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त, सञ्जु सामसन, शिवम दुबे, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, जसप्रित बुमराह, मोहम्मद सिराज ।

रिजर्भ खेलाडीहरू – शुभमन गिल, खलील अहमद, रिंकु सिंह, आवेश खान ।