१९ फाल्गुन २०८१, सोमबार
March 3, 2025 Monday

22.27°C

काठमाडौं

22.27°C

Kathmandu

Feels-like: 21.52

Wind: 2.57

Humidity: 37

Latest
सम्भावित शान्ति सम्झौताका लागि शर्तहरू तय गर्दै जेलेन्स्की र युरोपेली नेताहरू ‘लाज शरणम्’लाई ‘अफ डे’मा पनि दर्शकको राम्रो साथ नेपाल वन प्राविधिक परिषद् गठन गर्न माग जापानी जङ्गलमा लागेको डढेलो नियन्त्रणका लागि १७ हजार अग्निनियन्त्रक परिचालित गोरखामा मनकामना दर्शनार्थी सवार माइक्रोबस दुर्घटना, एक जनाको मृत्यु, १४ घाइते देशभर गर्मी बढ्दै, भैरहवाको तापक्रम ३४ डिग्री सेल्सियस पुग्ने अनुमान पशुपतिको बालुवाखानीमा भ्रष्टाचारः पूर्वएलडीओसहित तीनजना पक्राउ प्रधानमन्त्रीसँग अन्तर्राष्ट्रिय गोलरक्षक बुफनको भेट रारा घुम्न आएका पर्यटकको लेक लागेर मृत्यु भारत र न्यूजिल्याण्डको खेलका रोचक क्षणहरूः फिलिप्सले ०.६२ सेकेन्डमा क्याच गरे, कोहलीले अक्षरको खुट्टा ढोगे
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री भट्ट मन्त्रिपरिषद् विस्तारको तयारीमा



अ+ अ-

कैलााली । सुदूरपश्चिम सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी थालेको छ । सत्तासीन दल नेकपा विभाजित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीनिकटका नेताहरुले राजिनामा दिएपछि प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका हुन् । 

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा र आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएपछि रिक्त पदमा मन्त्री नियुक्त गर्ने तयारी मुख्यमन्त्री भट्टले गरेका हुन् । पार्टी विभाजित भएपछि सुदूरपश्चिम प्रदेशसभामा नेकपाको प्रचण्ड–नेपाल समूहको बहुमत छ । 

प्रचण्ड–नेपाल समूहका मुख्यमन्त्री भट्टले भौतिक पूर्बाधार विकास मन्त्रालयको जिम्मेवारी लामा र आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी धामीलाई दिइने छ । 

मन्त्री नियुक्त गर्ने विषयमा औपचारिक निर्णय भने आइतबार बस्ने प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकले गर्नेछ ।