११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत चाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री भट्ट मन्त्रिपरिषद् विस्तारको तयारीमा



अ+ अ-

कैलााली । सुदूरपश्चिम सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी थालेको छ । सत्तासीन दल नेकपा विभाजित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीनिकटका नेताहरुले राजिनामा दिएपछि प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका हुन् । 

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा र आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएपछि रिक्त पदमा मन्त्री नियुक्त गर्ने तयारी मुख्यमन्त्री भट्टले गरेका हुन् । पार्टी विभाजित भएपछि सुदूरपश्चिम प्रदेशसभामा नेकपाको प्रचण्ड–नेपाल समूहको बहुमत छ । 

प्रचण्ड–नेपाल समूहका मुख्यमन्त्री भट्टले भौतिक पूर्बाधार विकास मन्त्रालयको जिम्मेवारी लामा र आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी धामीलाई दिइने छ । 

मन्त्री नियुक्त गर्ने विषयमा औपचारिक निर्णय भने आइतबार बस्ने प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकले गर्नेछ ।




भर्खरै