१२ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन काठमाडौं–धुन्चे सडकखण्ड ४ चक्के सवारीसाधनका लागि सुचारु, रसुवा पुनः सडक सञ्जालसँग जोडियो नेपाल–चीन सम्बन्ध बिगार्ने गरी ‘चीनले बाढीको सूचना दिएन’ भन्ने आरोप ‘र्‍युमर’ मात्र होः रेग्मी रसुवा बाढी : ४० विदेशी नागरिकसहित ७०६ जनाको उद्धार भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू रसुवा बाढी उद्धारमा विदेशी टोली नबोलाएकोबारे सरकारको स्पष्टीकरण : ‘राष्ट्रिय क्षमतामै भर पर्नु स्वाभाविक’ भोटेकोशी बाढीः १०२ शवको डीएनए परीक्षण र पहिचान प्रक्रिया पोखरामा शुरु नेपालको पहिरो विपत्तिप्रति चीनको दुःख, उद्धारमा सहयोग गर्ने सीको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ विजयी उन्मुख, कांग्रेसका खड्काभन्दा ६६२८ मतले अगाडि, मिलनलाई ३६०३ भोट



अ+ अ-

इलाम : प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । नेकपा एमालेका सुहाङ नेम्वाङ जिततर्फ पाइला अघि बढाइरहेका छन् ।

सोमबार राति ११ बजेसम्म ५१ हजार ४ सय ४ मत गणना गर्दा एमालेका सुहाङले २१ हजार ३ सय ८० मत प्राप्त गरेका छन् । नेम्वाङभन्दा नेपाली कांग्रेसका डम्बरबहादुर खड्का ६ हजार ६ सय २८ मतले पछि छन् । खड्काले १४ हजार ७ सय ५२ मत ल्याएका छन् ।

तेश्रो स्थानमा पहिचानवादी उम्मेदवार डकेन्द्र सिंह थेगिम छन् । उनको १० हजार १ सय ४६ मत छ । थेगिमलाई पछ्याइरहेका रास्वपाका मिलन लिम्वुले ३ हजार ६ सय ३ मत पाएका छन् ।

यो क्षेत्रमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका जीतबहादुर राईले ३ सय ७१ मत ल्याएका छन् । यसैगरी राप्रपाका लक्ष्मी गुरुङले १ सय ४९, सीके राउत नेतृत्वका जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले १ सय २ र नेमकिपाका श्यामबहादुर दर्जीले २० मत पाएका छन् ।