• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   सोमबारदेखि सरकारी खाता रोक्का, चालु आवको भुक्तानी हुने अन्तिम दिन पनि सोमबार ★   एकै दिन ३४ लाख बाढीसम्बन्धी एसएमएस सम्प्रेषण ★   राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथ यात्राको शुभारम्भ ★   कुन देशमा जागिरेले थाप्छन् सबैभन्दा धेरै तलब ? ★   क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न गृहमन्त्रीलाई प्रमुख सचेतक शाहीको आग्रह ★   काँग्रेस–एमालेबिचको सहमती अपारदर्शी छ, स्थिरता दिँदैन: सांसद सापकोटा ★   प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न रास्वपालाई एमाले सचिव भट्टराईको आग्रह ★   चित्रबहादुर केसीको प्रश्न: काँग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु टिस्टेट प्रकरणबाट चोखिनका लागि हो ? ★   कसैको घरमा पाहुना बन्न जाँदै हुनुहुन्छ भने यी कुराहरुको विशेष ध्यान दिनुस् ★   शेखर कोईरालालक्षित काँग्रेस सांसद लिम्बूको टिप्पणी: नयाँ सरकार निर्माणमा धोकाधडी नहोस्

‘कोरोना भाइरसको नयाँ प्रजाति पहिलेको भन्दा धेरै खतरनाक’



काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको नयाँ प्रजातिको सङ्क्रमण पहिलेको भन्दा धेरै खतरनाक भएको बताउनुभएको छ ।
 
उनीहरुले पछिल्लो समयमा बेलायतमा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको बताइरहेका बेला प्रधानमन्त्री जोनसनले यो कुरा बताउनुभएको छ ।
 
प्रधानमन्त्री जोनसनले भन्नुभएको छ कि यो भाइरस पहिलेको भन्दा धेरै नै खतरा छ त्यसैले सबै नागरिकले पहिलेको भन्दा पनि अझ बढी सुरक्षा मापदण्डहरु अपनाउनुपर्ने हुन्छ । 

शुक्रबार डाउनिङ स्ट्रिटमा आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले सो धारणा राख्नुभएको हो । उहाँले यो भाइरस पहिलो पटक गत महिना मात्र इंगल्याण्डको केन्टमा देखिएको बताउनुभएको थियो ।
 
उहाँले सो पत्रकार सम्मेलनमा भन्नुभएको थियो कि यो नयाँ प्रजातिको भाइरस पुरानो भन्दा कम्तीमा पनि ७० प्रतिशत बढी मात्रामा सक्रमण फैलिने खालको रहेको छ ।
 
पछिल्लो समयमा निकै संक्रामक बन्दै गएको बेलायतमा कोरोना भाइरसको सक्रमणबाट एकैदिनमा १ हजार ८२० जनाको मृत्यु भएको समाचारमा जनाइएको थियो ।
 
बेलायतका स्वास्थ्य अधिकारीहरुले गएको बुधबार मात्र यहाँ त्यति धेरै नागरिकको ज्यान कोरोना भाइरसको सङक्रमणबाट भएको जानकारी दिएका थिए ।
 
बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले बेलायतमा कोरोना भाइरसको सङ्क्रमण शुरु भएदेखि अहिलेका केही हप्ता यता धेरै जनाको ज्यान जान थालेको बताउने गरेका छन् ।
 
उता यहीँबाट नै शुरु भएको भनिएको कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ ।
 
विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस गत हप्तामा मात्र विश्वका १० वटा देशमा पुगेको हो । उक्त संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको बताएको छ ।
 
बेलायतको स्वास्थ्य मन्त्रालयका अधिकारीले पनि यो संक्रमण पुरानो भन्दा खतरनाक भएको प्रमाण मिलेको बताएका छन् ।
 
उनका अनुसार कोरोना भाइरसको पहिलेको संक्रमणमा १ हजार जना सङ्क्रमितमा १० जनाको ज्यान गएको पाइएको थियो भने यो नयाँ प्रजातिको संक्रमणमा भने एक हजार जना सङ्क्रमितहरुमा १३ वा १४ जनाको नै निधन भएको पाइएको छ ।
 
पछिल्लो समयमा यो संक्रमण युरोपकै कैयौँ सहरमा पुगिसकेका पाइएको छ । यसका कारण ती देशमा थप सतर्कता अपनाउने गरिएको छ ।
 
तर ती देशमा हाल खोप पनि दिन थालिएकोले नागरिकमा आशा पलाएको भने बताइएको छ ।
 
युरोपेली युनियनले आगामी अगष्ट महिनाको अन्तिम सम्ममा विभिन्न युरोपेली देशका करिब ७० प्रतिशत नागरिकलाई यो खोप दिइ सकिने कुरा हालैमात्र जानकारी गराएको छ ।
 
प्रधानमन्त्री जोनसनले यहाँका कम्तीमा पनि ३८ हजार नागरिक सङ्क्रमित भएर अस्पतालमा रहेका छन् ।
 
उहाँले यो नयाँ प्रजातिको भाइरस बेलायतमा प्रवेश गरेपछि यसले पहिलेको भन्दा पनि धेरै मानिसलाई संक्रमित बनाएको छ ।
 
उहाँले बेलायतमा कोरोनाको पहिलो वेभ आएको थियो । सो वेभका बेलामा भन्दा यस पटकको यो नयाँ सक्रमणले गर्दा कम्तीमा पनि ७८ प्रतिशत बढी मात्रामा नागरिकलाई सङ्क्रमित तुल्याएको छ ।
 
साथै यसका कारण अरुभन्दा धेरै मृत्यु पनि भएको प्रधानमन्त्री जोनसनले जानकारी दिनुभयो । रासस