२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपका लागि न्यूजिल्याण्डको १५ सदस्यीय टोली घोषणा



अ+ अ-

एजेन्सी । न्यूजिल्याण्डले २०२४ को टी–२० विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । न्यूजिल्यान्ड २०२४ को टी–२० विश्वकपका लागि टोली घोषणा गर्ने पहिलो राष्ट्र बनेको छ ।

न्यूजिल्याण्डले प्रतिष्ठित प्रतियोगिताका लागि अनुभवी केन विलियम्सनलाई कप्तान नियुक्त गरेको छ । ट्रेन्ट बोल्ट र टिम साउथी जस्ता अनुभवी खेलाडीले पनि टोलीमा स्थान पाएका छन् ।

केन विलियम्सनले छैटौं पटक टी–२० विश्वकप खेल्नेछन् भने कप्तानको रुपमा चौथो संस्करण हुनेछ । टिम साउथी सातौं पटक यस प्रतियोगितामा सहभागी हुनेछन् भने बोल्टको यो पाँचौं टी–२० विश्वकप हुनेछ । न्यूजिल्याण्डको टोली पहिलो पटक टी–२० विश्वकपको उपाधि जित्न चाहन्छ ।

प्रमुख फास्ट बलर काइल जेमिसन र अलराउन्डर एडम मिल्ने चोटका कारण छनोटमा परेका छैनन् । साथै, विलियम ओरुर्के, टम लाथम, टिम सेफर्ट र विल यंगले पछिल्लो समय राम्रो लय देखाउँदा पनि छनोटमा परेनन् ।

अनुभवी ओपनर कोलिन मुनरो फर्कन सकेनन् । न्यूजिल्याण्डले युवा रचिन रविन्द्रमाथि विश्वास व्यक्त गरेको छ । यसबाहेक फास्ट बलर म्याट हेनरीलाई समावेश गरिएको छ । न्यूजिल्याण्डले युवा फास्ट बलर बेन सियर्समा पनि विश्वास व्यक्त गरेको छ, जसलाई ट्राभल रिजर्भको रूपमा समावेश गरिएको छ ।

न्यूजिल्याण्डले गुयानामा जुन ७ मा अफगानिस्तानविरुद्ध खेल्दै टी–२० विश्वकप २०२४ मा आफ्नो अभियान सुरु गर्नेछ । समूह सी मा न्यूजिल्याण्डसँगै वेस्ट इन्डिज, युगान्डा र पपुवा न्युगिनी रहेका छन् ।

 

टी–२० विश्वकपका लागि न्यूजिल्याण्डको टोलीः
केन विलियम्सन (कप्तान), फिन एलेन, ट्रेन्ट बोल्ट, माइकल ब्रेसवेल, मार्क च्यापम्यान, डेभन कोनवे, लोकी फर्ग्युसन, म्याट हेनरी, डेरिल मिचेल, जिमी नीशम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल सान्टनर, इश सोधी र टिम साउथी ।