३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

जितकुण्डोको तालिम सम्पन्न



अ+ अ-

काठमाडौं । नेपाल जितकुण्डो मार्सल आर्ट्स संघको आयोजनामा छैटौं प्रशिक्षक पुनर्ताजगी तथा प्रशिक्षक प्रशिक्षण तालिम शनिबार सम्पन्न भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको दुईदिने तालिममा ४ प्रदेशका १२ जिल्लाबाट ३५ जना सहभागी थिए ।

सहभागीलाई नेपाल जितकुण्डो मार्सल आर्ट्स संघका महासचिव समेत रहेका प्रमुख प्रशिक्षक शिवबहादुर थापाले प्रशिक्षण दिएका थिए । तालिममा जितकुण्डोका परिवर्तित नयाँ नियमलगायतका विषयमा जानकारी गराइएको थियो ।

तालिम समापनका अवसरमा प्रमुख प्रशिक्षक थापाले आफूले सिकेको ज्ञानलाई व्यवहारमा परिणत गर्न सके मात्र उपलब्धी हासिल गर्न सकिने धारणा व्यक्त गरे । तालिम आगामी जेठमा टोखामा हुने मेयर कप जितकुण्डो प्रतियोगितालाई लक्षित गरी आयोजना गरिएको प्रमुख प्रशिक्षक थापाले जानकारी गराए ।